काठमाडौं २९ माघ । अर्थ मन्त्रालयका ४ सहसचिवको सरुवा भएको छ। आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसहित ४ सहसचिवलाई मन्त्रालयबाहिर पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोग, दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोग र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा पुर्याइएको हो।
अर्थ मन्त्रालयमा मकवानपुरका सीडीओ तीर्थराज चिलुवाल, राष्ट्रिय महिला आयोगकी पार्वती अर्याल र सामान्य प्रशासन मन्त्रालयका श्रीचन्द्र साहलाई ल्याइएको छ।
अर्थ मन्त्रालयमा ल्याइएका सहसचिव र हाल कार्यरत सहसचिवबाटै भन्सार र आन्तरिक राजस्वमा जिम्मेवारी दिइनेछ।
प्रतिक्रिया दिनुहोस्