काठमाडौं २९ माघ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। अहिले साँझ ६ बजेपछि सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
जनता समाजवादी पार्टी, नेपालले संघीय संसद्मा पेस गरेको अध्यादेश ६ वटामध्ये भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेलगत्तै संयन्त्रको बैठक बसेको हो।
प्रतिक्रिया दिनुहोस्