काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेशबारे आलोचना गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले अहिले आएका अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका हुन्।
‘मिठो खाने कुरा घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्रु एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छरुु उनले प्रश्न गरे।
शर्माले सरकारमा भएकाहरूले संसद्लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने बताए। आग्रह पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनु हुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो ढल्यो।। वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छरुचासो जनतालाई यो छ,’ उनले भने, जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्नेरु यो बहस किन हुँदैन?
भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे। एकले अर्कोलाई दोषी करार गर्नेतिर छलफल केन्द्रित भयो, उनले भने, भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ।’
उनले सत्ता र बहुमतका बलमा अध्यादेशकै सवालमा लेनदेन हुने गरेको भन्दै आपत्ति जनाए। सक्षम व्यक्ति र संरचना भएपनि काम नभएको भन्दै शान्ति प्रक्रियाको कुरा, भूकम्प पीडितका समस्या,पुनर्निर्माण बाढीपछिको पर्ननिर्माणबारे बहस हुन जरुरी रहेको शर्माको भनाइ छ।
उनले राष्ट्रका एजेण्डामा बहस र छलफल गर्न प्रस्ताव गर्दै पूर्व मन्त्री समेत रहेका शर्माले राष्ट्रिय मुद्दामा केन्द्रित भएमात्र जनताले सुन्ने बताए।
प्रतिक्रिया दिनुहोस्