फ्रान्समा एक वर्षभित्र चौथो प्रधानमन्त्री बनेका फ्राँस्वा बैरूलाई उनले अगाडि कठिनाइहरूको सामना गर्नुपर्छ भन्ने थाहा थियो । डिसेम्बरमा उनको उद्घाटन भाषणमा “सबै प्रकारका समस्याहरू“ स्वीकारेका थिए ।ठूलो ऋण, राजनीतिक द्वन्द्व, र अझ गम्भीर रूपमा, समाज नै टुक्रिने खतरा जस्ता कुराहरु नै फ्रान्सका मुख्य चनौति हुन् ।

हालसम्म, उनले कम्तीमा सरकारलाई जोगाउन भने सफल भएका छन्। ६ प्रतिशतभन्दा बढीको बजेट घाटा कम गर्ने जिम्मेवारीसहित उनले गत हप्ता एउटा प्रमुख अवरो पार गरे। लामो बहसपछि, उनले फ्रान्सको विभाजित संसदबाट बजेट पारित गराए, त्यसपछि आएको अविश्वास मतलााई असफल पारे । यसले सत्तापक्षमा राहतको अनुभूति स्पष्ट देखिएको छ ।
तर बैरूले देखाएको संकटको चेतावनी गलत होइन। फ्रान्समा निराशा व्याप्त छ। एउटा सर्वेक्षण अनुसार ८७ प्रतिशत नागरिकले देश ओरालो लागेको बताएका छन् । यो संकट अक्सर सभ्यताको खतरा र सांस्कृतिक द्वन्द्वको भाषामा प्रस्तुत गरिएको छ, जसलाई फ्रान्सका विदेशस्थित भूभागहरूमा भएका पछिल्ला झडपहरूले झनै बढाइरहेका छन् । फक्स न्यूज शैलीको बढ्दो दक्षिणपन्थी मिडियाले “असुरक्षा, आप्रवासन, र इस्लाम“लाई फ्रान्सेली पहिचान संकटका रूपमा चित्रण गरिरहेको छ। यहाँसम्म कि बैरू स्वयंले पनि ‘डुबानमा परेको अनुभूति’ गरेको बताएका छन्।
यो निराशा अर्थतन्त्रसँग पनि गहिरोसँग गाँसिएको छ—ऊर्जाको महँगी, लगानीको कमी, र प्रमुख उद्योगहरूको कमजोर अवस्थासम्ममा । तर यसको मूल कारण भने राज्यप्रति नागरिकको घट्दो विश्वास हो। दोस्रो विश्वयुद्धपछि बनेको सामाजिक संरचना, जसले राज्यको नेतृत्वमा लगानी, सामाजिक सुरक्षाहरू, र श्रमिक अधिकारलाई जोड दिएको थियो, ती अहिले ढल्न लागेको जहाज जस्तै देखिन्छन् । यसले फ्रान्सलाई अँध्यारो सुरुङमा धकेलेको छ, जहाँबाट निस्कन सजिलो छैन—र यही संकटले चरम दक्षिणपन्थीहरूलाई अवसर दिलाएको छ।
राज्यप्रति घट्दो विश्वास र सामाजिक असन्तोष
यो प्रक्रिया लामो समयदेखि जारी छ। कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरूको सम्मान बढेको थियो, तर हालका सर्वेक्षणहरु अनुसार जनताले अस्पताललगायतका सार्वजनिक सेवा कमजोर भएको मानिरहेका छन्। अहिले फ्रान्सेली नागरिकले सबैभन्दा बढी भरोसा गर्ने संस्था भनेका साना–ठूला व्यवसायहरू, सेना, र प्रहरी हुन्। सरकारी सेवा कमजोर हुँदै गएको, पूर्वाधारहरूमा लगानीको कमी, र पेरिसको राजनीतिक अव्यवस्थाले जनतामा असन्तोष बढाएको छ।
तर यसको दोष केवल राष्ट्रपति इम्यानुएल माक्रोंलाई मात्र जाँदैन। बामपन्थी र दक्षिणपन्थी दुवै सरकारहरूले पछिल्ला दशकहरूमा राज्यको सामाजिक मोडललाई कमजोर पार्दै लगे। निजीकरण र खर्च घटाउने नीतिले विद्यालय र अस्पतालहरूको सेवा नै सखाप पार्ने अवस्थामा पु¥याएको छ ।
यो प्रक्रियालाई कतिपय नेताहरूले “योग्यता–आधारित समाज“ को भाष्यबाट जायज ठहराउँछन् । पूर्व राष्ट्रपति निकोलस सार्कोजीले “धेरै काम गर, धेरै कमाउ“ भन्ने नारा दिएका थिए । तर यथार्थमा, कमजोर तलब वृद्धिदर र लामो कार्यअवधिले श्रमको मूल्य घटाएको छ। “मेहनत गरे फल पाइन्छ“ भन्ने मान्यता मात्र नारामा सीमित भएको छ। यही असन्तोषले आप्रवासीहरूविरुद्ध आक्रोश बढाएको छ, जसले इन्धन करविरुद्धका प्रदर्शनहरू जस्ता घटनाहरूलाई उक्साइरहेको छ।
मारिन ल पेन र चरम दक्षिणपन्थीहरूको उदय
यही पृष्ठभूमिमा, मारिन ल पेनको “नेसनल ¥याली“ पार्टी उदायो। कतिपय विश्लेषकहरूले उद्योगबाट विस्थापित मजदुरहरूको आक्रोशलाई यो पार्टीले भजाएको बताउँछन्, तर यसको प्रभाव मध्यम वर्गसम्म गहिरो रूपमा फैलिएको छ। ल पेनले आफ्ना पिता (धनी उद्यमी) बाट पार्टीको नेतृत्व पाएकी भए पनि, उनले “योग्यता–आधारित समाज पुनस्र्थापना“ को नारा लगाउँदै मतदाताहरूलाई तानिरहेकी छन्।
ल पेनले कहिलेकाहीं पुरानो फ्रान्सेली सामाजिक मोडलको रक्षाको कुरा गर्छिन् जस्तै माक्रोंको वृद्धावस्था पेन्सन सुधारको विरोध । तर उनको वास्तविक नीति व्यक्तिगत योगदानमा आधारित पेन्सन प्रणालीतर्फ ढल्किएको देखिन्छ। उनको पार्टीले खर्च कटौतीको विरोध गर्छ, तर कर वृद्धिको पनि समर्थन गर्दैन।
तर उनको मुख्य रणनीति भनेको जातीय अल्पसंख्यक, आप्रवासी, र “कामचोर“ वर्गलाई राज्य स्रोतहरूको भारको रूपमा देखाउनु हो। अनुसन्धानकर्ताहरू फेलिसियन फउरी र भियोलेन जिरार्डका अनुसार, ल पेनका मतदाताहरू धेरैजसो आप्रवासीहरूप्रति आतंकित छन्, तर श्वेत फ्रान्सेलीहरूको व्यापक कल्याणको पनि समर्थन गर्दैनन्। बरु, व्यक्तिगत आत्मनिर्भरता र घरजग्गा स्वामित्वको महत्वलाई बढी जोड दिन्छन्।
फ्रान्सको भविष्यः अनिश्चित तर त्रासदीपूर्ण छैन
फ्रान्सका धेरै नागरिकहरूका लागि, ल पेनको उकालो यात्रा आफैँमा एउटा गम्भीर चिन्ताको विषय बनेको छ। २०२७ को राष्ट्रपति चुनावमा उनको समर्थन करिब ३५ प्रतिशत पुग्ने अनुमान छ। यदि अहिलेको विभाजित पार्टी संरचना हेर्ने हो भने, पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बन्ने सम्भावना हुन्छ।
तर फ्रान्स समाप्त हुन लागेको भने होइन। आर्थिक रूपमा, यो ग्रीस जस्तो सार्वभौम ऋण संकटमा फस्न लागेको छैन। राज्यको ऋण बढे पनि, फ्रान्सले पछिल्ला २५ वर्षजति युरोपेली संघको घाटा सीमालाई पार गर्दै आएको छ, तर ठूला समस्याहरू देखिएको छैन। उत्पादकत्व र श्रमिकहरूको आम्दानी अझै पनि छिमेकी इटालीभन्दा राम्रो छ। समाजमा सामाजिक गतिशीलता कमजोर भए पनि, तलब असमानता हालका वर्षहरूमा घट्दै गएको छ।
यो एक मात्र शङ्कास्पद परियोजना होइन। माक्रोंले आफ्नो राष्ट्रपति कार्यकालको सुरुवात वामपन्थी र दक्षिणपन्थी दुवैलाई एकजुट गर्दै आधुनिकीकरण र उदारवादी एजेन्डा अघि बढाउने वाचा गरेका थिए। तर, उनको समर्थन घट्दै गयो—सामाजिक सुरक्षामा कटौती गर्दा आम जनताको सहमति सुनिश्चित नगर्नु र धनीहरूलाई कर छुट दिंदा ऋण भार कम गर्न नसक्नु यसको मुख्य कारण बन्यो । उनको राष्ट्रपतिकाल तथाकथित “बुर्जुवा ब्लक“ वरिपरि केन्द्रित रह्यो—धनी मतदाताको सानो वर्गलाई आकर्षित ग¥यो, तर बहुसङ्ख्यक नागरिकहरूका लागि खासै उपलब्धि दिन सकेन।
यस रणनीतिको थकान, र यसले निम्त्याएको राजनीतिक विभाजन, जसले गर्दा आगामी गर्मीमा नै आकस्मिक चुनावको सम्भावना बढाउन सक्छ।
फ्रान्सेली दक्षिणपन्थको दीर्घकालीन पितृपुरुष, जाँ–मेरीन लपेन, गत महिना बिते । तर, भिक्टर ह्युगोको शब्दहरूमै भन्ने हो भने—“शरीर माटोमा मिलिसकेको छ, तर विचारहरू अझै उभिएका छन्।“ फ्रान्स सङ्कटमा छ, र ल पेनको उत्तराधिकारीहरूले यो अवसर लिने निश्चित देखिन्छ।
ब्रोडर, युरोपेली दक्षिणपन्थी राजनीतिका विज्ञ हुन् । उलने फ्रान्सबाट लेख्छन् ।
फेब्रुअरी ११, २०२५, न्युर्योक टाइम्स बाट
प्रतिक्रिया दिनुहोस्