ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वउपराष्ट्रपति पुन माओवादीका इन्चार्ज


एबीसी न्यूज

काठमाडौं २८ माघ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ । पुनलाई पार्टीको पदाधिकारी बनाउने तयारी गरिए पनि विवाद भएपछि आर्थिक उत्पादनको संयन्त्र बनाएर इन्चार्जको जिम्मेवारी दिँदै पार्टीमा फर्काएको हो ।

माओवादीले हालै सम्पन्न आफूनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका नेतालाई पार्टीको ‘केन्द्रीय प्रतिनिधि’ बनाएर कार्यक्षेत्रमा खटाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा आइतबार हस्ताक्षरित सर्कुलरमा यस्तो उल्लेख गरिएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको महासचिवभन्दा माथिका सबैलाई केन्द्रीय प्रतिनिधिका रूपमा मनोनयन गरेको जानकारी दिनुभयो । महासचिवभन्दा तलबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेतालाई प्रदेश र जिल्ला तहमा खटाउने निर्णय भएको सर्कुलरमा उल्लेख छ । प्रवक्ता सापकोटाले भन्नुभयो, “विद्यार्थीको महासचिवभन्दा माथिल्लो पदमा पुगेकालाई केन्द्रीय प्रतिनिधि भनिएको छ । पार्टीले अर्को व्यवस्था नगर्दासम्म केन्द्रीय प्रतिनिधिका रूपमा

राखेको छ ।” विद्यार्थीबाट बिदा भएका केन्द्रीय प्रतिनिधि भएका पवन कार्कीले विधानबमोजिम केन्द्रीय सदस्य भन्न नमिल्ने भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा राखेको बताउनुभयो । केन्द्रीय प्रतिनिधि भनिए पनि केन्द्रीय सदस्य सरह नै बैठकमा जाने र अरू जिम्मेवारी हुने पार्टीसँग समझदारी भएको उहाँले बताउनुभयो ।

अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका उपाध्यक्ष जिपी मैनाली, क्षितिज सापकोटा र पवन कार्कीलाई केन्द्रीय प्रतिनिधि बनाएर बागमती प्रदेशमा खटाइएको छ । यस्तै तुकमान महरा, मिलन एमसी, केशव रावल र दिपेश पुनमगरलाई लुम्बिनी प्रदेशमा खटाइएको छ । मदन भट्टराई कोशी प्रदेश, गजेन्द्रनारायण देव मधेश प्रदेश, नरेश रेग्मी र नारायण खनाललाई विभाग ९नीति० खटाइएको छ । यस्तै प्रवीणा अधिकारी गण्डकी, अमरराज शाहीलाई कर्णाली प्रदेशमा खटाइएको छ । लक्ष्मीप्रसाद जोशी, मदन भुल, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेशमा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com