ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोसाइँकुण्डमा पर्यटकको आगमन शुरु


admin

रसुवा, ३ चैत । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ । फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक आउने गरेका कारण हिमाली जिल्ला रसुवामा चहलपहल देखिन्छ ।


पर्यटकको आगमन निरन्तर भएका कारण चालु आवको साउनदेखि अहिलेसम्म करीव रु दुई करोड २० लाख राजश्व प्राप्त भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनदेखि वैशाखसम्मको मौसममा भने दैनिक १०० जनाभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा गरिएको बताइएको छ ।

चालु आवको साउनदेखि अहिलेसम्म कूल हजार ५३९ जनाको आगमन भएकामा सार्क राष्ट्रका ११९ र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इजरायललगायत देशका छ हजार ४२० जना पर्यटकको आगमन भएको राष्ट्रिय निकुञ्ज कार्यालयका नायब सुब्बा तिलकुमारी अधिकारीले बताउनुभयो । गत आवमा भने ११ हजार ६८ पर्यटकले भ्रमण गरेको बताइएको छ । भूकम्पपछि क्षतिग्रस्त होटल र लज पुनःनिर्माण भइसकेकाले हिमाली पदयात्रीलाई खान, बस्न यथेष्ट सुविधा भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो । यहाँका पर्यटकीय क्षेत्रमा लाङटाङ (३,९००मि), यालापिक, लाङटाङ लिरुङ(७,२००), गणेश हिमाल, गोसाइँकुण्ड(४,३००), तामाङ सम्पदा मार्ग, पार्वतीकुण्ड(२,४०० मि) नागथली, लौरीविनायक आदि छन् ।

सय जनाबाट घडेरी खरीद 
भूकम्पको असरबाट थातथलो छाडी अन्यत्र विस्थापित १११ बासिन्दालाई घडेरी खरिदको रकम प्रदान गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालय रसुवाका अनुसार विसं २०७२ को भूकम्पको असरका कारण विस्थापित ७६२ घरपरिवारमध्ये हालसम्म १११ घरपरिवारलाई घडेरी जग्गा खरिदका लागि सरकारी मापदण्डबमोजिम प्रतिपरिवार रु दुई लाखका दरले धनीपुर्जाका आधारमा भुक्तानी भएको छ ।

जग्गाको स्वामित्व प्राप्त गरिसकेका तीमध्ये ६० जनाले भूकम्प प्रतिरोधी आवास निर्माण गर्न शुरु गरिसकेका छन् । हालसम्म जग्गा खरीद सुविधामा रु दुई करोड २२ लाख खर्च भएको बताउँदै प्राधिकरण रसुवा सचिवालय प्रमुख कृष्णकान्त उपाध्यायले भूगर्भविद्को सिफारिशबमोजिम चिलिमे, हाकु, डाँडागाउँ, यार्सा, सरमथलीसमेतका बाँकी ६५१ घरपरिवारका लागि उपयुक्त स्थानमा घडेरी जग्गा खोज्ने काम भइरहेको जानकारी दिनुभयो ।

भूकम्पका कारण ११ हजार ६३३ घर पूर्णरुपमा क्षति भएका र पुनःनिर्माणअन्तर्गत १० हजार ८९१ लाभग्राहीबीच सम्झौता भई १० हजार ४९५ घरधनीले पहिलो किस्ता लगेका छन् । हालसम्म सात हजार ३४० घरधनीले मात्र निर्माणमा तीव्रता दिएका छन् । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवा डिभिजन कार्यालयका प्राविधिक प्रमुख धीर फडेराले दोस्रो किस्ता छ हजार २९९ र तेस्रो किस्ता दुई हजार ५९० जनालाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्प प्रतिरोध आवास निर्माणमा सहयोग पु¥याउन ६० सरकारी इञ्जिनीयर जिल्लाभरि नै परिचालन भइरहेका छन् । यस्तै सरकारी कार्यालयतर्फ भने हुलाक, सिँचाइ, पशुसेवा, कृषि र खानेपानी तथा भवन डिभिजनको एकीकृत एवं प्रजिअ आवासको निर्माण अगाडि बढिरहेको छ ।

यसैसगरी भूकम्प प्रभावितको निजी आवास निर्माणअन्तर्गत निर्माणको जिम्मा पाएको ‘लुमन्ती’ नामक संस्थाले ३५४ घर निर्माण गरिसकेको छ । रेडक्रस संस्थाले जिम्मा लिएका ४५५ घरमध्ये २१६ घर निर्माण सम्पन्न भएको तथा बाँकी २३९ घर निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com