ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज अन्तर्राष्ट्रिय दाल दिवस, दाल खानुका फाइदा


एबीसी न्यूज
माघ २८, २०८१ सोमबार  ९ : ५३ बजे

काठमाडौं २८ माघ । आज अन्तर्राष्ट्रिय दाल दिवस । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।
दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन शुरू भएको हो ।

क्यान्सर र मधुमेहजस्ता गम्भीर रोगको कम जोखिम

नेसनल लाइब्रेरी अफ मेडिसिनको प्रतिवेदनअनुसार दैनिक दाल खाँदा मोटोपन, मधुमेह, क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ। दालमा म्याग्‍नेसियम, जिंक, आइरन, फोलेट र सेलेनियमजस्ता खनिजहरू पाइन्छन्। यी खनिजहरूले शरीरमा बनेको ट्युमर कोशिकाहरूको वृद्धिलाई रोक्छ।

पाचन प्रणाली बलियो

इन्टरनेसनल साइन्टिफिक ‘इलेक्ट्रोनिक जर्नल अफ बायोटेक्नोलोजी’मा प्रकाशित एक अध्ययनअनुसार दालमा प्रिबायोटिक फाइबर प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। अर्थात्, पर्याप्त मात्रामा दाल नियमित खाँदा कब्जियत र ग्यासजस्ता समस्या हुँदैन।

शरीरको रोग प्रतिरोधात्मक क्षमताको प्रत्यक्ष सम्बन्ध हाम्रो आन्द्रा अर्थात् पेटसँग हुन्छ। यस्तो अवस्थामा पाचन प्रणाली स्वस्थ रह्यो भने रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ।

स्वस्थ मुटु

दालमा थोरै पनि बोसो हुँदैन। दालमा फाइबर, फोलेट र म्याग्‍नेसियम प्रचुर मात्रामा पाइन्छन्, जसले रगतमा चिनीको मात्रा र कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत गर्छ। दालमा पाइने आइरन र ‘भिटामिन बी १’ ले मुटुको धड्कन स्थिर राख्‍न मद्दत गर्छ।

रगतमा चिनीको मात्रा नियन्त्रण

दाल नियमित रूपमा खाँदा रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ। किनभने दालमा पाइने प्रोटिन र फाइबरले इन्सुलिन कम गर्न मद्दत गर्छन्।

बलियो मांसपेशी

दालहरू मांसपेशी वृद्धिमा सहयोगी हुन्छन् किनभने दाल प्रोटिनको राम्रो स्रोत हो। प्रोटिनले हड्डी र छालाको निर्माणमा पनि फाइदा गर्छ। १०० ग्राम काँचो मुङ दालमा मात्र २४ ग्राम प्रोटिन हुन्छ। यसमा क्याल्सियम र कार्बोहाइड्रेट पनि पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com