ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी


एबीसी न्यूज
माघ २६, २०८१ शनिबार  ७ : १४ बजे

काठमाडौं २६ माघ । रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको महिना ठूलो सङ्ख्यामा उत्तर कोरियाली सेना मारिएपछि उनीहरू त्यहाँबाट फिर्ता भएका थिए । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सयौँ रुसी र उत्तर कोरियाली सैनिकहरू मारिएका दाबी गर्नुभएको छ । यस अघि पनि उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएका पश्चिमा देशले दाबी गरेका थिए । तर उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट र रुसी राष्ट्रपति भ्लालिमिर पुटिनसँग संवादको सम्भावना रहेको भन्दै चाँडै युद्ध अन्त्य हुन सक्ने बताउनुभएको छ । रुसीले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरु गरेको छ । लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्‍याएको छ ।

रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन । तर युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गर्नुभएको छ । जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५ हजार एक सय रहेको बताए पनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू युक्रेनर्फको क्षतिसमेत निकै उच्च रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

इरान संकटको अन्त्य कसरी गर्ने ?

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com