काठमाडौं २६माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको आगलागीको कारण विद्युत सर्ट भएको मन्त्री प्रदीप यादवले बताए। मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको थियो।
हिजो शुक्रबार नै केही जलेको जस्तो गन्ध आएको थियो। त्यसलाई हेरौँ है भनेर त्यहाँ भनेको पनि थिएँ, मन्त्री यादवले भने, आज बिहान त आगलागी भइहालेछ।
आगोलागीबाट केही कागजात जले पनि महत्त्वपूर्ण कागजात केही नभएको उनको भनाइ छ। चौँथो तला मन्त्रीको कार्यकक्ष भएको०का तीनवटा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीले क्षतिको विवरण आउन भने केही समय लाग्ने बताएको छ। आगो दमकलको सहायताले निभाइएको थियो।








प्रतिक्रिया दिनुहोस्