ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन


एबीसी न्यूज

काठमाडौं २६माघ । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन्। यो घटना अनलाइनखबरबाट सार्वजनिक भएपछि मुख्यमन्त्री सिंह मुख्यमन्त्री सिंह साँझ ८ बजे पनि हस्पिटलमा पुगेका थिए । तर, त्यहाँ सञ्चालक नहुँदा फर्केर गएका थिए । राति पुन ११ बजे पुगेर मुख्यमन्त्री सिंहले दर्ताका कागजातहरू देखाउन भनेका थिए ।

दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन उनले निर्देशन दिएका हुन्। ।

मुख्यमन्त्री सिंहले शल्यक्रिया पश्चात् गम्भीर अवस्थामा पुगेका बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।

मुख्यमन्त्रीले सञ्चालकलाई भने, ‘यहाँ रहेका बिरामीहरुलाई अन्यत्र हस्पिटलमा वयवस्थापन गर्नु, ११ बजेसम्म अस्पतालमा ताला लगाएर साँचो सरकारलाई बुझाउनू र गम्भीर अवस्थामा पुगेको बिरामीलाई राम्रो स्थानमा लगेर उपचार गराउनू ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

सम्बन्धित

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

देउवा पक्षले आयोगमा बुझायो ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण

रविविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेन–जी अगुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com