यतिबेला संसारभर सिटी स्टेटबाट राज्य र भूगोलको सीमा बन्धन भएको वेष्टफेलियादेखि अहिलेसम्मको राजनीतिमा सार्वभौमिकता र शक्ति तथा सत्ताका बारेको बहस र विवाद यथावत जारी छ । विश्वव्यापीकरण र सूचना प्रविधिको विस्फोटक विकासले पुरानो भौगोलिक सीमा र राजकीय सत्ता असान्दर्भिक भएको बहस भइरहँदा पछिल्लो विकासक्रमम अमेरिकाबाटै संरक्षणवाद र साँघुरा राष्ट्रियता र सत्ता र शक्तिको पुनः परिभाषा हुन थालेको सन्दर्भमा सार्वभौमिकताले पुन खाँडो जगाएजस्तो प्रतित हुन्छ। यसै सन्दर्भमा इतिहासमा सार्वभौमिकता सत्ताका बारेको सुरुवात बहसमा के कस्तो अवस्था थियो भन्ने खोज्ने क्रममा प्रसिद्ध तीन वटा पुस्तकको जर्नल समीक्षा यतिबेला हाम्रो सन्दर्भमा इतिहासका गर्तमा घोत्लिन सान्दर्भिक ठानेर यहाँ त्यसको भावानुवाद दिइएको छ –सम्पादक
इतिहासकारहरूले पुरानो तरिकाले खेल्ने एक पुरानो खेल फेरि पुनर्जीवित भइरहेको छ। अब यो खेल खेल्न आमन्त्रित हुनेहरूको सूची धेरै लामो हुँदै गइरहेको छ । पहिले यस विषयमा मात्र संवैधानिक इतिहासकारहरूको वर्चस्व थियो, तर अहिले आधुनिक सार्वभौमिकताको उत्पत्ति र यसको प्रकृतिको समस्या एक साहित्यिक विद्वान, राजनीतिक विचारधाराका इतिहासकार, र कानूनी इतिहासकारको दृष्टिकोणबाट विश्लेषण भइरहेको छ। प्रत्येकले आफ्नै मनपर्ने आधार छानेका छन् र प्रत्येकले फरक उत्तर प्रस्तुत गरेका छन् —कहिले र के भयो भन्ने प्रश्नको बुहआयामिक विश्लेषण भइरहेको छ ।
यसले परिभाषा र भाषाको शासत्रीय समस्याको उपस्थितिलाई दर्शाउँछ । फेरि पनि प्रगति त भइरहेको छ, किनभने यी मध्ये कसैले पनि पुरानो अस्टिनियन मापदण्डलाई समर्थन गर्दैनन्, जसअनुसार सार्वभौमिकता तब मात्र आधुनिक बन्यो जब यसले कुनै उच्च कानूनी अवरोधहरू गुमायो । आर्चर र पेनिङ्टनले आआफ्ना लेखनमा भिन्न दृष्टिकोण राख्छन्, तर तिनले एउटै आधुनिक मान्यता अनुरूप नै निष्कर्ष निकालेका छन्। पेनिङ्टनले त अन्तर्राष्ट्रिय कानूनी सन्दर्भमा असीमित राज्य सार्वभौमिकताको सट्टा नयाँ दृष्टिकोणको सम्भावना प्रस्तुत गरेका छन्।
लेखक बन्र्स भने अरु बढी परम्परागत दृष्टिकोणमा दृढतापूर्वक उभिने कोशिश गर्दैछन् । उनले ठूला निष्कर्ष निकाल्ने जिम्मेवारी पाठकलाई नै छोडिदिन्छन्। पेनिङ्टन र आर्चरका शीर्षकहरूले केही पाठकलाई भ्रमित पार्न सक्ने भए पनि, यी पुस्तकहरूले सन् १२०० देखि १४०० (पेनिङ्टन, केही थप उल्लेखहरू सहित); १४०० देखि १५२५ (बन्र्स); र त्यसपछि करिब १६२५ सम्मको समयावधिलाई ऐतिहासिक रुपले र रोचक तरिकाले समेटेको छ ।
आर्चर र पेनिङ्टन मुख्ययत शक्तिहरू र व्यक्तिहरू (पेनिङ्टनको सन्दर्भमा राजकुमारहरू र न्यायिक प्रक्रिया सम्बन्धी अधिकारहरू, आर्चरको सन्दर्भमा “सार्वभौमिकता“ र व्यक्तित्व) बीचको सम्बन्धको विषयवस्तुमा केन्द्रित छन् । त बन्र्स, परम्परागत शैलीका इतिहासकारका रूपमा, लेट स्कोलास्टिसिज्मको योगदानबारे बढी चिन्तित देखिन्छन्।
तर, पद्धतिको हिसाबले बन्र्स र पेनिङ्टन पनि नजिक छन्, किनभने दुवैले “उत्पत्तिको खोजी“ गर्ने दृष्टिकोण अपनाएका छन्, यद्यपि तिनीहरूले राजनीतिक विचारधाराको आधुनिक पद्धति अनुसार विचारहरूलाई सन्दर्भमा राख्ने प्रयास पनि गरेका छन्। आर्चरको प्रस्तुतिले विस्तृत पाठ–विश्लेषणलाई(कन्टेन्ट एनालाइसिस) केन्द्रमा राख्छ, जसले साहित्यिक र समाजशास्त्रीय सिद्धान्तको प्रभाव भए पनि भाषा अध्ययनलाई बढी महत्व दिएका छन् । उनले हालसम्म उपेक्षित रहेको गुप्तचर सम्बन्धी अध्ययनलाई पनि नयाँ कोणबाट खोतलेका छन्। यद्यपि यस सम्बन्धमा केनेथ बार्टलेट र जोन बोसीका अध्ययन र लेखनहरु ब्ढी उल्लेखनीय छन् ।
पेनिङ्टनको अध्ययन आइयुएस कम्युनमा बढी मा केन्द्रित छ यो रोमन र नागरिक न्यायशास्त्रको विशाल परिधि हो । यो धारा बाह्रौँ शताब्दीको मध्यपछि युरोपेली महाद्वीपमा विकास भएको हो । उनले देखाउन खोजेको कुरा एक वा दुई अपवाद बाहेक, कुनै पनि न्यायशास्त्रीले कुनै राजकुमार (सम्राट, पोप वा साना अधिकारी) लाई निरंकुश मान्नु हुँदैन भन्ने हो । आम मान्यताका विपरीत, प्रसिद्ध उक्ति‘ राजा आफ्नो राज्यमा सम्राट् हो।(Rex imperator in regno suo est) ले समेत राजाहरूलाई उच्च कानुनबाट मुक्त गर्दैन भन्ने हो। पेनिङ्टनको विश्लेषणको सबैभन्दा ज्वलन्त विशेषता भनेको उनले न्यायशास्त्रीहरूले आफैंले सबैभन्दा महत्वपूर्ण मानेका प्रश्नहरू पुनःस्थापित गर्ने प्रयास गर्नु हो । त्यस विपरित १९औँ शताब्दीको इटालियन र जर्मन राज्य निर्माण प्रक्रियाले स्थापित बहसहरूलाई निरन्तरता दिने कुरालाई उनले त्यति धेरै महत्व दिंदैनन् । राजकुमारको शक्तिमाथिको सबैभन्दा महत्वपूर्ण सीमाहरू मध्ये एक भनेको प्रायः सबैले मान्यता दिएको सिद्धान्तअनुसार, प्रत्येक प्रजाले उचित ढंगले सञ्चालन गरिएको न्यायिक प्रक्रियाको अधिकार राख्छ भन्ने कुरालाई मान्न हो । यही कुराको प्रमाण पेस गर्नु नै पेनिङ्टनको पुस्तकको मूल उद्देश्य हो।
तेह्रौँ शताब्दीका ग्लोसेटरहरू / डिक्रेटालिस्टहरू को सिद्धान्त स्थापित भएपछि पेनिङ्टनले दुई वटा उदाहरण(केस) अध्ययनलाई पुस्तकमा प्रस्तुत गरेका छन् । पहिलो, चौधौँ शताब्दीको सुरुवातमा सम्राट हेनरी सातौं ले नेपल्सका (प्राचीन रोम)राजा रोबर्टलाई पदच्युत गर्ने प्रयास, र दोस्रो, पन्ध्रौँ शताब्दीको अन्त्यतिर भएको पाजी (Pazzi) षड्यन्त्रपछि उत्पन्न अवस्थाको चिरफार उनको पुस्तकमा विस्तृतमा रुपमा व्याख्या गरिएको छ । यी दुवै घटनामा, उनी वर्ग–वर्गको कानुनको सट्टा परामर्शको अध्ययनमा केन्द्रित भएका छन् । उनले मध्ययुगीन र प्रारम्भिक आधुनिक न्यायशास्त्रका सबैभन्दा महत्वपूर्ण साधनहरू तिनै थिए भन्नेमा दृढता देखाएका छन् । निष्कर्षस्वरूप, पेनिङ्टनले जीन बोडिनको ‘डे रिपब्लिका’ (गणराज्यको बारेमा) भन्ने पुस्तकलाई संक्षिप्त रूपमा उल्लेख गरेका छन् । यसबाट उनले देखाउन खोजेको जाँ बोडिन समेत पूर्ण निरंकुशतावादी थिएनन्, बरु मध्ययुगीन न्यायशास्त्रीहरूको परम्परागत सिद्धान्तलाई नै निरन्तरता दिएका थिए भन्ने तर्क अघि सारेका छन् ।
१.सार्वभौमिकता र गुप्तचरताः इंग्लिश पुनर्जागरणमा गुप्तचरता र दरबार संस्कृतिका विषयमा जोन माइकिल आर्चर, स्टानफोर्डः स्टानफोर्ड युनिभर्सिटी प्रेस, १९९३। १२ + २०३ पृष्ठ।
२.लर्डशिप, राजशाही र साम्राज्यः १४००–१५२५ को बीचमा राजतन्त्रको विचार जे.एच. बन्र्स, अक्सफोर्डः क्लेरेंडन प्रेस, १९९२। १२ + १७८ पृष्ठ ।
३. प्रिन्स र कानूनी प्रणाली १२००–१६००ः पश्चिमी कानूनी परम्परामा सार्वभौमिकता र अधिकार केनेथ पेन्निङटन, बर्कलीः युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेस, १९९३। १४ + ३३५ पृष्ठ। ४४०.००।
बन्र्सको अध्ययन क्षेत्र अलिक साँघुरो छ। उनले पेनिङ्टनको द्वन्द्वात्मक संरचनाको एक पक्षलाई मात्र समेटेका छन् । उनी पेनिङ्टनभन्दा भौगोलिक रूपमा फराकिलो रूपमा व्याख्या प्रस्तुत गरेका छन् । स्पेन र फ्रान्सको समावेशलाई समेत समावेश गर्दै इंग्ल्याण्डबारे पनि केही विस्तृत उल्लेख गरेका छन् । तर इटालियन न्यायशास्त्रीहरूको दृष्टिकोणबाहेक साम्राज्यबारे धेरै उनी केन्द्रित छैनन् । यसले उनले त्यसबारेको अध्ययनको सीमालाई संकेत गर्दछ । बन्र्सको अध्ययन कार्लाइल लेक्चर्स(१९८८) मा आधारित छ । उनी आर डव्लु कार्लाइल र ए.जे. कार्लाइलको मेडिइभल पोलिटिकल थ्योरी इन द वेस्टलाई बारम्बार उद्धृत गरेर आफ्नो तर्कलाई पुष्टि गर्ने कोशिश गरेका छन् । तर उनकै सम्पादनमा रहेको क्याम्व्रिज हिस्ट्र अफ पोलिटिकल थटको मध्ययुगीन र प्रारम्भिक आधुनिक खण्डहरूमा यस पुस्तकमा बढी चर्चा गरेका छन् तर पहिलेको भन्दा भिन्न र नयाँ दृष्टिकोण भने प्रस्तुत गरेका छैनन्। उनले केही कम परिचित पात्रहरू (जस्तै जाँ दे तेरेभेर्मेईल–) लाई पनि उल्लेख गरेका छन । तर उनको मुख्य तर्क भनेको मध्ययुगीन युरोपमा राजतन्त्रसँग चुनौती दिने कुनै शक्ति थिएन, र त्यसबारेको अधिकांश चिन्तन धर्मशास्त्री र कानूनी विद्वानहरू (विशेष गरी स्कोलास्टिक) को हातमा रहेको देखाएका छन् ।
यद्यपि, पेनिङ्टन र बन्र्सले एकै ऐतिहासिक सन्दर्भको विश्लेषण गर्छन्, आर्चरको दृष्टिकोण भने पूर्ण रूपमा भिन्न देखिन्छ। उनको प्रस्तावना पढ्दा नै फुको, लाकन, होर्कहाइमर, आदोर्नो र एलियास जस्ता सिद्धान्तकारहरूको प्रभाव झल्किन्छ। इतिहासकारहरूमध्ये जोन पोकक र अन्स्र्ट कान्टोरोविचको विचार उनको लेखनमा झल्कन्छ । आर्चरले टेलिस्कोपलाई (उनकै दृश्यात्मक उपमाहरू अनुरूप) पेनिङ्टन र बन्र्सको विपरीत दिशामा सार्वभौमिकतलाई इंगित गरेको देखिन्छ।
फूकोको सिद्धान्तलाई अस्वीकार गर्दै, आर्चरले तर्क गर्छन् “आधुनिक इंग्ल्याण्डमा सत्ता र ज्ञान उस्तै कुरा थिएनन्, बरु सार्वभौमिकता र गुप्तचर संस्कृतिको पारस्परिक सम्बन्धद्वारा जोडिएका फरक क्षेत्र थिए।“ यहाँ गुप्तचरी लाई दोहोरो रूपमा परिभाषित गरिएको छ—गुप्तचर क्रियाकलापका रूपमा र दरबारको राजनीतिक रणनीतिका रूपमा। तर, सार्वभौमिकता भने, फूकोको दृष्टिकोणमा, “एकल, व्यक्तिगत शासकको दरबारमा केन्द्रित राजनीतिक शक्ति प्रणाली“ का रूपमा प्रस्तुत हुन्छ। यो परिभाषा बाह्य दृष्टिकोणमा आधारित छ। पेनिङ्टनझैँ, आर्चरले पनि बुद्धिमत्ता र “सार्वभौमिकता“ ले मानवहरूमा पार्ने प्रभावका बारेमा ध्यान केन्द्रित गरेका छन् । आर्चरले आफ्नो पुस्तकलाई ऐतिहासिक मनोविज्ञानमा योगदानका रूपमा प्रस्तुत गर्छन् । यसको माग एलियासले गरेका थिए (र जुन दिशा लुसिएन फेब्भ्रले एलियासभन्दा पनि पहिला प्रस्ताव गरेका थिए, तर हामी त्यति धेरै टाढा जान सकेका छैनौँ)। त्यसैले, उनले आफ्नो तर्कलाई पुनःसंरचना गर्दै भन्छन् “प्यारानोयाको अवधारणा पुनर्जागरणमा पहिलो पटक पूर्णरूपमा विकसित भयो।“ अर्थात्, दरबारीय व्यक्तित्व र दरबारीय तर्कशीलताको मोडेल— जसले अरू मानिसहरू के गर्दैछन् र एकअर्कासँग के गर्न खोज्दैछन् भन्ने विषयमा निरन्तर सचेत रहनुपर्ने आवश्यकताका कारण— आधुनिक व्यक्तिको निर्माण ग¥या भन्ने हो ।
उनले उठाएको रोचक कुरा के हो भने, यो प्रक्रियाबाट राजा समेत मुक्त थिएनन्, उनीहरू पूर्णतः सार्वभौम नभई आफ्नो सफलता प्राप्त गर्न गुटवन्दीको राजनीतिमा खेल्ने क्षमतामा निर्भर हुन् अभिशप्त थिए । मोन्ताइनेका निबन्धहरूको गहिरो अध्ययनले दरबारीय मोडेललाई बुझ्न मद्दत गर्छ र ती निवन्धहरुले लेखकलाई प्रभाव पारेका छन् । आर्चरले एलिस जार्डिनको प्यारानोया र लैङ्गिकताको सम्बन्धबारेको सिद्धान्तलाई पछ्याउँदै सिड्नीको आर्काडिया र क्रिस्टोफर मार्लोको नाटकसम्ममा आफ्नो अध्ययनको दायरा फराकिलो पारेको पुस्तकमा देखिन्छ । सिड्नीको सन्दर्भमा, आर्चरले देखाएका छन्ः नारी सत्ताका बारेको डर (विशेष गरी एलिजाबेथ प्रथमको सत्तासँग जोडिएको) “एलिजाबेथकालीन दरबारीया कर्मचारीको नियन्त्रित प्यारानोया“ सिर्जना गर्ने कारक बन्यो। मार्लोको एडवार्ड द्वितियले आत्मपरकताको अझ गहिरो विश्लेषण गर्दछ । त्यसमा “अनियन्त्रित समलिङ्गिकता … सार्वभौमिकताको मौन स्वीकारोक्ति“ बनेको देखिन्छ। बेन जोन्सनका रोमन नाटकहरूले आर्चरले प्रस्तुत गरेको सार्वभौमिकताको स्वरूपको जटिलता देखाएको छ, जस्तै टिबेरियसको चरित्र, जसले आफ्नो सम्राटीय शक्ति प्रयोग गर्न “एकै समयमा त्यहाँ र त्यहाँ नभएको“ हुनुपर्ने बाध्यता बेहोर्नुपर्छ।
जोन्सनका नाटकहरूले जेम्स प्रथमको निरंकुशताबारेको चिन्तन मात्र नभई, “महान राज्यवाद“ को चिन्तालाई पनि प्रतिबिम्बित गर्छन्। अन्त्यमा, आर्चर फ्रान्सिस बेकनको न्यू एटलान्टिस लाई “जेम्सको निरंकुशताको महिमामण्डनबाट टाढा राख्दै … सुदूरको राज्यको अमूर्त सार्वभौमिकताको आदर्शीकरणतर्फ“ उन्मुख भएको रूपमा चित्रण गर्छन्।
यी तनवटै पुस्तकमा सार्वभौमिकता, कसको सार्वभौमिकत र कस्तो सार्वभौमिकता बारे गहन विश्लेषण गरिएको छ । तर तीनै जनाको विश्लेषणको साझा समस्या भनेको परिभाषाको अस्पष्टता हो। प्रत्येक लेखकले सार्वभौमिकतालाई फरक–फरक ढंगले परिभाषित गरेका छन्, र पेनिङ्टनले maiestas लाई (“महिमा“, “सर्वोच्चता“, वा “राजकीय गरिमा“ हुन सक्छ भनेका छन् । “राजकीय मइस्तास को उल्लङ्घन गम्भीर अपराध मानिन्थ्यो।) principatus (यसको अनुवाद “प्रधानता“, “सर्वोच्च सत्ता“, वा “नेतृत्व“ हुन सक्छ, “अगस्टसको principatus रोमन साम्राज्यको सुरुवात थियो।) जस्ता विविध शब्दलाई एउटै अर्थ दिने प्रयास गरे जस्तै आर्चरले फुकोको ऐतिहासिक सन्दर्भविहीन अवधारणालाई उल्लेख गर्नु यी पुस्तकभित्रका अन्तरविरोधी सीमा मान्न सकिन्छ । यी सबै लेखकहरू आफ्ना परिभाषाहरू र अवधारणासँग असन्तुष्ट देखिन्छन्। यहाँसम्म कि बन्र्सले पनि आफ्ना दुई सीमित शब्दहरू— निरंकुशता र संवैधानिकता— लाई घेराबन्दी चिन्हमा राखेर प्रयोग गरेका छन्, साथै संविधान कुनै निश्चित वस्तु नभई एक प्रक्रिया हो भन्ने निष्कर्षमा पुग्न हतारिएजस्तो देखिन्छ ।
यी पुस्तकहरूले आधुनिक राज्यको उत्पत्तिबारेको निरन्तर बहसको उपयोगिता सीमित रहेको देखाउँदै इतिहास अध्ययनलाई नयाँ दिशामा लैजान सक्छन्। तीनवटा भिन्न प्रमाणहरू, तीनवटा फरक दृष्टिकोण, तीनवटा फरक निष्कर्षका रुपमा । यो आफैमा सकारात्मक संकेत हुन सक्छ। पेनिङ्टनले चार शताब्दीको अवधिलाई समेट्ने महत्वाकांक्षा राख्नु संयोग मात्र होइन— जुन यथार्थले प्रारम्भिक आधुनिकतावादीहरूलाई असहज बनाउन सक्छ (किनभने मध्ययुगीन इतिहासकारहरूले पुनर्जागरणलाई आफ्नो क्षेत्र बनाइसकेका छन्, र अब उनीहरूको क्षेत्रमाथि खतरा हुन सक्छ भन्ने डर छ), र जसले आफ्नो अवधिको अन्त्यमा धेरै प्रकाश पार्दैन।
पेनिङ्टन, बन्र्स, र आर्चरले समेटेको युगले स्पष्ट रूपमा एक आपसमा जडान भएको ऐतिहासिक अवधि देखाउँछ। यसले राजनीतिक तथा संवैधानिक इतिहास (साथै साहित्य) का इतिहासकारहरूलाई हेइको ओबर्मान, जेराल्ड ह्यारिस्स, र अन्य विद्वान्हरूको नेतृत्व पछ्याउँदै सन् १३औँ शताब्दीदेखि १६औँ शताब्दीसम्मको अवधिलाई एउटै ऐतिहासिक एकाइको रूपमा विचार गर्न प्रेरित गर्न सक्छ।
पेन्निङ्टनले इतिहासकारहरूले समकालीनहरूले महत्वपूर्ण ठानेका विषयहरूमा ध्यान दिनुपर्छ भन्ने सिफारिसलाई पनि जोड दिएका छन् । साथै आर्चरले गरेको जस्तै ऐतिहासिक सामग्रीमा आधुनिक सिद्धान्तहरू परीक्षण गर्दा प्राप्त हुने उर्वरता पनि महत्वपूर्ण हुन्छ। तथापि, यो दुई तरिकाको नैतिक शिक्षा यी तीनवटै पुस्तकहरूमा प्रायः पालना गरिँदैन (यद्यपि बन्र्स अरूभन्दा अलि बढी अनुशासित देखिन्छ)। भषाका बारेमा आउने निष्कर्ष भनेको उनीहरूको र हाम्रो दुवै अवधारणाहरूले कुर्नुपर्ने हुन्छ, वा कम्तीमा पनि पाठहरूको सन्दर्भमा निरन्तर नियन्त्रणमा रहनुपर्ने हुन्छ।
यी तीन पुस्तकहरूबाट निकाल्न सकिने अर्को महत्वपूर्ण पाठ भनेको अनुशासनगत संकुचित दृष्टिकोण हटाउनु हो। पेन्निङ्टनले बोलोञाका चार प्रसिद्ध चिकित्सकमध्ये दुईको कथा साहित्यिक ढङ्गमा विश्लेषण गर्न खोज्छन्, जसले झन् भ्रम सिर्जना गर्छ। त्यसैगरी, आर्चरको धेरै अध्ययनले ऐतिहासिक अनुसन्धानलाई बेवास्ता गर्छ, जसले उनको कालक्रम सम्बन्धी निष्कर्षलाई गम्भीर रूपमा प्रश्न उठाउँछ। के इंग्ल्याण्डमा पहिलो ठूलो–जालोको जासूसी संयन्त्र एलिजाबेथको पालामात्रै विकसित भयो? साँच्चै? त्यसो भए थोमस क्रोमवेलको बेलामा के भइरहेको थियो? के परानोइया त्यही बेला मात्र व्यापक रूपमा देखियो? लासी बाल्डविन स्मिथको ट्रिजन इन ट्युडोर इन्ग्ल्याण्डः पोलिटिक्स एण्ड प्यारानोइया (१९८६) को ठ्याक्कै कुन विशिष्ट विवरणहरू सहि वा गलत हुन सक्छ भन्ने कुरा जे भए पनि, हेनरी आठौंको शासनबाट सुरुवात गर्नु उचित देखिन्छ।
त्यसैगरी, बेकनले हेनरी सातौंलाई जासूसी संयन्त्रको प्रमुखका रूपमा चित्रण गरेको कुरा आर्चरले सुन्दर तरिकाले औंल्याउँछन्, तर अन्य समकालीन अनुसन्धानलाई बेवास्ता गर्छन्। ट्युडर र स्टुआर्ट शासकहरूको गुटीय राजनीति सम्बन्धी विस्तृत अध्ययनहरूलाई उनले ध्यान दिँदैनन्, न त उनी प्रसिद्ध लेखकहरूबाहेक अन्य दरबारीहरूको भूमिकालाई विचार गर्छन्।
तर यी पुस्तकहरूले देखाउने सबैभन्दा महत्त्वपूर्ण दिशा भनेको अमूर्त रूपमा शक्ति (पुराना आदर्शवादी संवैधानिक इतिहासकारहरू जति दोषी छन्, फूको पनि त्यति नै दोषी छन्) अध्ययन गर्नुभन्दा यसको प्रभावहरू अध्ययन गर्ने पक्षमा मोडिनु हो। यहाँ लिइएका पहिलो कदमहरू साना भए पनि, यी लेखकहरूले व्यक्तिलाई कुनै उच्च अधिकारीद्वारा निर्माण गरिएका वा सीमित गरिएका रूपमा केन्द्रीय स्थानमा राख्छन्। तर मध्ययुगीन र प्रारम्भिक आधुनिक युरोपमा अधिकार सम्बन्धी विस्तृत साहित्य हुँदाहुँदै पनि “विषय“ को अवधारणा अध्ययन गर्ने कार्य अत्यन्त न्यून देखिनु अनौठो छ ।
राजकुमारविरुद्ध व्यक्तिको स्थितिलाई हेर्दा, कुनै पनि समय युरोपेली राजनीतिक प्रणाली “संवैधानिकता“ र “निरंकुशता“ को निरन्तरतामा कहाँ उभिएको थियो भन्ने कुराको सबैभन्दा महत्वपूर्ण सूचक हुनसक्छ। बन्र्सको दाबी अनुसार, यो बिन्दु राजनीति र विद्वानहरूको विचारहरूको अन्तरसंघर्षमा मात्र फेला पार्न सकिन्छ। उदाहरणका लागि, डि टेरेवर्मेलेले फ्रान्सेली राजालाई उनका सबै प्रजाहरूको माथि समान रूपमा उच्च ठहर गर्ने विचार तबमात्र प्रस्ताव गरे, जब फ्रान्सेली राजशाहीको शक्ति न्यूनतम बिन्दुमा थियो, जसका कारण यो विचार १६ औं शताब्दीको अन्त्यसम्म प्रभावहीन रह्यो। यदि डि टेरेवर्मेलेको समय परिस्थिति हेनरी आठौंले १६ औं शताब्दीको सुरुवातमा विजित टुर्नाईमा भोगेको जस्तै हुन्थ्यो भने, अष्ट्रिनियन सार्वभौमिकताले १९ औं शताब्दीसम्म पर्खनुपर्ने थिएन।
Excerpts: The Sixteenth Century Journal, Vol. 25, No. 2 (Summer, 1994), pp. 399-402 Published by: The Sixteenth Century Journal
प्रतिक्रिया दिनुहोस्