ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीमा एचपिभी खोप अभियान सुरु


एबीसी न्यूज

अर्घाखाँची, २२ माघ ।किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा’ भाइरस (एचपिभी) खोप अभियान सुरु भएको छ । अहिले कक्षा ६ देखि १० सम्म पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिन लागिएको हो ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग लाग्नबाट बचाउन आजदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले सन्धिखर्क स्थित सन्धिखर्क ग्रिन ईङलिस बोर्डिङ्ग स्कूलका छात्राहरुलाई एचपिभी खोप लगाएर एचपिभी खोप अभियान जिल्लामा सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । मंगलबार विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर र जिल्लाभरका अधिकांश विद्यालय (खोपकेन्द्र)मा खोप अभियान सुरु भएको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए । समन्वय समितिका प्रमुख कोइरालाले निरोगी नेपाल बनाउनका लागि सरकारले यस्ताखाले कार्यक्रम सधैं ल्याउन आवश्यक रहेको बताए । एचपिभी खोप अभियानले नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन सहयोग पुग्ने कोइरालाले दाबी गरे । यस्तै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएको बताए । अर्घाखाँची जिल्लाभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ८ हजार १७८ किशोरीलाई लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताए ।

उनका अनुसार अर्घाखाँचीमा २०६ खोपकेन्द्रबाट एचपिभी खोप लगाइदै छ । जिल्लाभरका १४५ विद्यालय र विद्यालय पहुँचबाहिर रहेका तथा खोप लगाउन छुटेका किशोरीलाई ६१ वटै वडाका स्वास्थ्य केन्द्रबाट खोेप दिइने उनको भनाई छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा माघ २९ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सुरु हुँदैछ भने अन्य पाँच पालिकामा आज अर्थात् माघ २२ गतेदेखि २८ गतेसम्म एचपिभी खोप अभियान संचालन भएको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण कयौंले ज्यान गुमाइसकेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक विजय विकले बताए । उनका अनुसार यो अवस्थालाई न्यूनिकरण गर्न सरकारले प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न यो अभियान संचालन गरेको बताए । यो खोपले स्वास्थ्यमा कुनैपनि असर नगर्ने विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com