ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द


एबीसी न्यूज

काठमाडौं २१ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूसएआईडी० को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो ।

यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।

यस्तै अर्बपति व्यापारी एलोन मस्कले नेतृत्व गरेको संस्था डज ९डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी० का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोसिस गरेका दुई सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको खबरमा उल्लेख छ ।

अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई जिम्मेवारी दिनुभएको छ । मस्कले यूएसएआईडीलाई अपराधिक सङ्गठन भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गर्नुभएको छ ।

अमेरिकी कंग्रेसमा रहेका डेमोक्रेटिक पार्टीहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा यूएसएआईडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानूनी अधिकार नभएको भन्दै राष्ट्रपति ट्रम्पको यो कदमविरुद्ध कानूनी लडाईं लड्ने बताइरहेका छन् ।

यूएसएआईडीले विश्वभरका विभिन्न देशमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com