काठमाडौं २० माघ । शुक्रबार साँझ अमेरिकी सहर फिलाडेल्फियामा एउटा सानो मेडिकल ट्रान्सपोर्ट बस्ती बीचमा खस्दा आमा(छोरासहित ७ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार धेरैवटा भवनमा ठोकिँदै खसेको विमानमा सवार सबै ६ जना र जमिनमा कम्तीमा एक जनाको मृत्यु भएको मेयरले पुष्टि गरेका हुन्।
स्थानीय समयानुसार शुक्रबार साँझ ६ बजेतिर फिलाडेल्फिया विमानस्थलबाट उडेको लियरजेट ५५ नामको उक्त विमान १ मिनेटपछि मध्य सहरमा खसेको हो।
विमानमा एक बिरामी बच्चा र उनकी आमा, दुई पाइलट, एक डाक्टर र प्यारामेडिक थिए। ती सबै मेक्सिकन नागरिक थिए।
दुर्घटनामा १९ जना घाइते भएका छन्। तर मेयर चेरेले पार्करले यो संख्या अझै परिवर्तन हुन सक्ने बताएकी छन्।








प्रतिक्रिया दिनुहोस्