ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाबाट थप ३ जना बन्धक मुक्त


एबीसी न्यूज

काठमाडौं २० माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले तीन जना इजरायली बन्धकलाई मुक्त गरेको छ । हमासले ३४ वर्षका यार्देन बिवास, ५३ वर्षका ओफर काल्दरोन र ६५ वर्षका किथ सिगललाई मुक्त गरेको बीबीसीले जनाएको छ ।

उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् । युद्धविराम सम्झौताअनुसार तीन जनाको बदलामा इजरायलले एक सय ८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई छाड्दैछ ।

युद्धविराम तथा बन्धक रिहाइ सम्झौताअनुसार झन्डै ६ हप्ता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धकलाई छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका झन्डै एक हजार नौ सय जना प्यालेस्टिनी बन्दी रिहा हुनेछन् । दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा हुनुका साथै गाजाबाट पूर्णरूपमा इजरायली फौज फिर्ता हुनेछन् । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षौं लाग्नसक्ने सम्झौतामा उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायभित्र प्रवेश गरेर आक्रमण गर्दा झन्डै १२ सय जनाको ज्यान गएको थियो । त्यसक्रममा दुई सय ५१ जना अपहरणमा परेका थिए । इजरायलले गाजामा चलाएको जवाफी कारवाहीमा झण्डै ४७ हजार जनाको ज्यान गएको छ । गाजाका २३ लाख जनसङ्ख्यामध्ये धेरैजसो विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com