काठमाडौं १९ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् । उनले नेपालको राजनीतिमा संलग्न पछिल्लो नेताहरूको राजनीतिक यात्रा सङ्लो नभएको पनि बताए ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताए । अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर जनप्रतिनिधि चयन गर्नुपर्ने पनि सिंहको भनाइ थियो ।
जनताको सेवा गर्ने सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उपप्रधानमन्त्री सिंहले विदेशमा ठूला(ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको बताए । ‘राजनीति गर्ने मान्छेहरू समाजको काम नलाग्ने मान्छे हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । त्यसमा सबैले के बुझ्नुपर्यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउने, कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोची लाग्नु हुँदैन । राजनीति देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो,ु उपप्रधानमन्त्री सिंहले भने, ुयहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरू पनि आउँछन् । विदेशमा गएर ठूलो(ठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन्, आइराख्छन् ।ु
जनताले त्यस्ता मान्छेहरू चिनेर मात्रै चुन्नुपर्ने उपप्रधानमन्त्री सिंहको आग्रह थियो । ुतपाईंहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकार सुरक्षित र सम्बर्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ,’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्