ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ


एबीसी न्यूज

काठमाडौं १८ माघ । केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा ९क्रिप्टो करेन्सी० को संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैङ्कका चेक १९ थान र नगद रू पाँच लाख ५० हजार बरामद गरेको छ। विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए।

उनीहरूले विभिन्न बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैङ्क तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैङ्क तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैङ्क तथा वालेजमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

निर्वाचन सामग्री आपूर्ति : १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो

सानेपामा देउवा पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँका १ दर्जनभन्दा धेरै स्थानमा आज ३ घण्टा बिजुली कटौती हुने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com