काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।
सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।








प्रतिक्रिया दिनुहोस्