ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका सांसदले पाएनन् आकस्मिक समय, सभामुखले पेलेरै चलाए संसद् बैठक


एबीसी न्यूज

काठमाडौं १८ माघ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे। तर सभामुख घिमिरेले बैठक सञ्चालन गर्न सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे। रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे।

जवाफमा सभामुखले भने, ुआज दलीय आधारमा बोल्न र कुरा राख्न समय निर्धारण गरिएको छ। त्यहीँ बोल्न समय मिल्छ। अहिलेलाई बैठक सञ्चालनका लागि सहयोग गर्नुस्।ु

ुएउटै कुरा फेरि कतिपल्ट राख्नु आज पहिलो बैठकमा आकस्मिक समय नराख्ने निर्देशन गरेको छु,ु उनले भने, ुयस्तो अवस्थामा सभामुखको निर्देशन पालना गरेर अघि जानुपर्ने हुन्छ।ु रास्वपाका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले पेलेरै सभा सञ्चालन गरे। ुमाननीय सदस्यहरू सभा सभामुखको आदेश र निर्देशनअनुसार नै चल्ने होु उनले भने। यसबीचमा सभामुखले विभिन्न नियमावली पनि पढेर सुनाए।

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद सोविता गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो।

सभामुखले रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए। सभामुखले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति पनि जनाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

भक्तपुरमा छोराले गरे आमाको हत्या

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

निर्वाचन सामग्री आपूर्ति : १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो

सानेपामा देउवा पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँका १ दर्जनभन्दा धेरै स्थानमा आज ३ घण्टा बिजुली कटौती हुने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com