काठमाडौं १८ माघ । पुराना नेता तथा ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मानित छत्रबहादुर बोहराको निधनप्रति नेकपा ९एमाले०ले दुःख व्यक्त गरेको छ।
सिन्धुपाल्चोकको साविक पिस्कर गाविसका पूर्व अध्यक्षसमेत रहेको बोहराको ८३ वर्षको उमेरमा बुधबार साँझ काठमाडौँमा निधन भएको हो।
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एक शोक वक्तव्य प्रकाशित गरि बोहराको निधनको खबरले पार्टी स्तब्ध भएको बताएका छन्।
‘मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध पार्टीले सुरु गरेको कठोर संघर्षमा बोहराले गर्नुभएको योगदान अत्यन्त महत्वपूर्ण र अविष्मरणीय छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘पिस्कर आन्दोलनका अग्रज नेताको निधनले एमाले, नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनले एउटा निष्ठावान् योद्धा गुमाउनु परेको छ।’








प्रतिक्रिया दिनुहोस्