ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को हिउँदे अधिवेशन आजदेखि : अध्यादेशका कारण बैठक पेचिलो हुन सक्ने सङ्केत


एबीसी न्यूज

काठमाडौं १८ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।

यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।

हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् ।

ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

यस्तै, अधिवशेन शुरू भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहुने कार्यसूची रहेको छ ।

यसैबीच, विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरु सहभागी भएको र बैठकले संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै यसलाई अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

संसद बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनसाय रहेको विपक्षी दलहरुको निष्कर्ष छ । उहाँले सरकारकोविरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिनुभएको छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com