ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकप्रति प्रेस सेन्टरको बिरोध


एबीसी न्यूज

काठमाडौं १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै विधेयकका कतिपय प्रावधानप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘सरकारले गरेको गतिविधि र निर्णयहरु एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको सो विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टरले माग गरेको छ।

माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com