ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीकाे उपस्थिति स्वीकार्य हुँदैन -रुसी राष्ट्रपति पुटिन


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार  ८ : ०२ बजे

काठमाडौं १७ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताउनुभएको छ ।

जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै सकिए पनि सैन्य कानून लगाएर अवैध रूपले सत्ता चलाइरहेकाले उनी अवैध नेता भएको पुटिनको तर्क छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई लडाइँ अन्त्य गर्न दबाब दिइरहनुभएको छ । ट्रम्पले यदि वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिनुभएको छ ।

तर पुटिनले भने जेलेन्स्कीसँग वार्तामा नबस्ने बताउनुभएको हो । यदि साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । यदि पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घट्यो भने लडाइँ दुई महिना वा त्योभन्दा कम समयमा समाप्त हुने पनि पुटिनको भनाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनको यो भनाइबाट रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताउनुभएको छ । लडाइँ रोक्ने प्रयासलाई पुटिनले पटक पटक निराश बनाइरहेको भन्दै जेलेन्स्कीले पुटिन वार्ताबाट डराएको र युद्ध लम्बाउन सबैखाले हर्कत गर्न तयार रहेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com