ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडियो


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  ८ : २४ बजे

काठमाडौं १५ माघ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडिएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्कासम्मको एक सय ६२ किलोमिटर सडक जोडिएको हो ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर हिजो सङ्घीय सरकारका मन्त्रीहरु सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा सडकको ‘ब्रेक थ्रु’ अर्थात् छिचोल्ने काम गरिएको हो ।

यो सँगै त्रिदेशीय सडक सञ्जाल जोडिएको छ । सडकले चीन र भारतलाई पनि जोडेको छ । भारतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारी—किमाथाङ्का हुँदै चीन जोडिएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तगर्त तीन सय ६२ किलोमिटर रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्र्याक खोल्ने काम नेपाली सेनाले पाँच वर्षअघिदेखि शुरू गरेको थियो । शङ्खे भीरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

खाँदबारीबाट किमाथाङ्कासम्मको सडक बिस्तारको काम गर्न २०६६ सालमा उत्तर दक्षिण कोशी सडक आयोजना शुरू भएको हो । आयोजना शुरू भएको १५ वर्षपछि नाका जोडिएको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com