ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् – चन्द


एबीसी न्यूज

काठमाडौं १३ माघ ।   नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको राजनीति अहिले आकाशमा उडिरहेको छ, ठूला ठूला नभएका कुरा गरेर जनतालाई आशा देखाइँदै छ,’ उनले भने, ‘जनतासँग दुई छाक खाने हैसियत छैन, त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन जरुरी छ ।’

नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले आज पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए । ‘यो गणतन्त्रबाट जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिब गरिब नै छन्, हिजो सामन्तीको रजगज थियो, आज दलाल पुँजीवादीको रजगज छ ।’

देशको आधाभन्दा बढी सम्पत्ति १०र१२ प्रतिशत धनीको हातमा रहेको भन्दै उनले बैंकमा पैसा थुप्रिँदै गएको तर अर्कोतिर गरिब निमुखा जनताको हात खाली रहेको टिप्पणी गरे । हाल पनि सीमित वर्गकै हातमा कानुन, प्रशासन र अर्थतन्त्र रहेको उनले बताए ।

देशको राजनीति हाल भाषण, गफ, चाकरी र अरुलाई खुसी पार्नमा सीमित हुँदै गएको भन्दै चन्दले राजनीति जनताको जीवन परिवर्तन गर्ने साधन बन्न नसकेको बताए । हालको परिस्थिति सिर्जना हुनुमा सबैभन्दा ठूलो गल्ती माओवादी आन्दोलनले नै गरेको आरोप लगाउँदै उनले भने, ‘हामीलाई जनताले तेस्रो साथ दिए, तैपनि हामी चुक्यौं, हामी काठमाडौं प्रवेश गरेपछि जनयुद्धको भावनाअनुरुप आफूलाई बदल्न सकेनौं ।’

जनतामा अझै पनि आफूहरुले फेरि बन्दुक बोक्ने हो कि भन्ने त्रास रहेको बताउँदै उनले तत्कालै आफूहरुले बन्दुक बोक्ने योजना नरहेको प्रस्ट पारे । ‘जुन दिन जनताको आवाज बन्दुकबाट दबाइन्छ, त्यस दिन हामी फेरि बन्दुक बोक्छौं,’ उनले भने ।

यसअघि उनले ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थको लोकार्पणसमेत गरेका थिए । सिजनको द्वन्द्वकालमा सुरक्षाफौजको आक्रमणमा परी मृत्यु भएको थियो भने उनका बुवा सञ्चारकर्मी सुदर्शनराज पाण्डेको यसै वर्षको भदौमा महिनामा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com