ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा मौसम बदली, ह्वात्तै बढ्यो न्यूनतम तापक्रम


एबीसी न्यूज

काठमाडौं १३ माघ । काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँको आकाशमा बादल लागेकाले बिहानैदेखि मौसम बदली भएको हो।

‘स्थानीय वायुले बादल विकास भएको छ’, उनले भने, ‘तर यो पानी पार्ने खालको बादल होइन।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने सम्भावना देखिएको छ।

‘मध्याह्नपछि बादल अलि कम हुने र घाम लाग्ने सम्भावना छ’, उनले भने, ‘काठमाडौँमा आज पानी पर्ने सम्भावनाचाहिँ देखिन्न।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ।

मौसमविद् दाहालका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८स्४५ बजे पुनः मापन हुन्छ। त्यतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने यत्ति नै पनि रहन सक्छ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको अधिकतम तापक्रम भने २१ देखि २३ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् दाहालले बताए। हिजो शनिबार काठमाडौँको अधिकतम तापक्रम २०।५ डिग्री सेल्सियस थियो।

मौसमविद् दाहालका अनुसार राति पनि मौसम बदली अर्थात् आकाश बादलले ढाकेका कारण आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको हो।

यसको ठीक उल्टो दिनमा चाहिँ मौसम सफा भयो भने अधिकतम तापक्रम बढ्छ भने आकाश बादलले ढाक्यो भने घाम लाग्न नपाउने हुँदा अधिकतम तापक्रम घट्छ।

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८स्४५ बजे तथा अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ।

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

सम्बन्धित

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com