ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारी ठगी, चौथोपटक अदालत जाँदै रवि


एबीसी न्यूज

काठमाडौं १३ माघ । सुप्रिम सहकारी ठगी मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार पनि रुपन्देही जिल्ला अदालत उपस्थित हुँदै छन्।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि नसकिएकाले शनिबार एकदिनको बिदापछि पूर्वगृहमन्त्री लामिछाने आज पनि अदालत जाने भएका हुन्।

थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार ९आज० उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो।

लामिछाने अदालत उपस्थित भएपछि आज पनि उनीतर्फका बाँकी अधिकवक्ताले बहस गर्ने छन्।

यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए। त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए।

गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो।

बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए। रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ।

रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

सम्बन्धित

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com