ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाको आम्दानी र खर्चको हिसाब (आर्थिक प्रतिवेदनसहित)


एबीसी न्यूज
माघ १२, २०८१ शनिबार  ६ : १३ बजे

काठमाडौं १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले चाुलू आर्थिक वर्ष २०८१र०८२ को आय–व्यव विवरण पेस गरेका छन् । आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाव पेस गरेका हुन् ।

जसअनुसार पार्टीको खातामा १ करोड ३६ लाख २ हजार १९२ रुपैया मौज्दात छ । यस्तै पुससम्मको अवधिमा कुल आम्दानी १ करोड ९० लाख ६९ हजार ८९२ रुपैयाँ रहेकोमा सबै खर्च कटाएर सो रकम बैंक मौज्दात रहेको हो ।

आर्थिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको बैंक मौज्दात १ करोड ३५ लाख २० हजार ८७५ रुपैयाँ थियो भने सांसदको लेभी बापत १६ लाख ८० हजार, प्रदेश सांसदको लेभी १५ लाख ७९ हजार, पार्टी लेभीबाट ४ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । यस्तै सक्रिय सदस्यता शुल्कबापत ८ लाख ८९ हजार ९५०, पशुपति शमशेरबाट सहयोग ५ लाख, सोभित उप्रेतीबाट २ लाख रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक बैंक ब्याज र विभिन्न व्यक्तिबाट केही सहयोग पनि प्राप्त हुँदा खर्चतर्फ सचिवलयको काममा ११ लाख ८६ हजार २२०, भवन मर्मत ८ लाख ६० हजार ५८५, स्थानीय तह उपनिर्वाचनमा ११ लाख १८ हजार ७४० रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण, पानी फिल्टर, विभिन्न शीर्षकहरुमा पनि गरेर कुल ५४ लाख ६७ हजार ७०० रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखाइएको छ ।

r1

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com