काठमाडौं १२ माघ । ९० जना सशस्त्र प्रहरी उपरीक्षक एसपी० को सरुवा गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले जारी गरेको विज्ञप्तिअनुसार प्रशासनिक दृष्टिकोण एवं आवश्यकताअनुसार उनीहरूको सरुवा गरिएको हो।
सरुवा गरिएका सशस्त्रका ९० एसपीलाई २०८१ फागुन १ देखि सरुवा गरिएको कार्यालयबाट तलबभत्ता तथा रासन पाउने व्यवस्था गरिएको छ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ९० एसपीलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भएबमोजिम नियम ३५ को उपनियम १ को खण्ड ग अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले माघ १० गते गरेको निर्णयानुसार सरुवा गरिएको सशस्त्र प्रहरीले बलले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्