ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने


एबीसी न्यूज

काठमाडौं ११ माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ।

रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र अभियुक्त रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्।

बुधबार हाजिर भएका रविको त्यस दिन न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान मात्र सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए।

सरकारी वकिल र पीडित जाहेरवालका वकिलले न्यायाधीश योगीको भूमिकामाथि नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए। रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरवालाको माग छ।

अदालतले रविलाई आइतबार १० बजे पुनः उपस्थित हुन भनेको छ। त्यस दिन उनका पक्षका बाँकी कानुन व्यवसायीले बहस गर्नेछन्। रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

सम्बन्धित

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com