ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयवासीको अवरोधले महाेत्तरीमा रेलमार्ग निर्माणको काम रोकियो


एबीसी न्यूज

काठमाडौं ११ माघ । महोत्तरीको बर्दिबासमा निर्माणाधीन रेलमार्गको काम स्थानीयवासीको विरोधका कारण रोकिएको छ ।

अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गा धनीले रेलमार्ग निर्माणको काम रोकेका हुन् ।

जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीयवासी मालती खनालले बताउनुभयो ।

उहाँका अनुसार रेल विभागले सीमाङ्कनविना बोलपत्र आह्वान गरिदिँदा स्थानीयवासीको जग्गा जथाभाबी अधिग्रहण गरिएका छन् । एउटै मापदण्डमा परेका जग्गाको मुआब्जा आफूखुशी फरक–फरक दरमा दिइएको छ ।

कतिलाई समयमै मुआब्जा दिइएको छ भने कतिलाई वर्षौं धाउँदा पनि उपलब्ध नगराउँदा स्थानीय आन्दोलित भएका स्थानीय अगुवा नीरज अधिकारीले बताउनुभयो । उहाँले हतारमा बोलपत्र प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको आरोप लगाउनुभयो ।

स्टेशन छेउको जग्गा २०२२ सालमा नापीले नापजाँच गरेको थियो । तर त्यति बेला लालपुर्जा लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमा नै प्रतिकट्ठा ६१ लाख रुपैयाँमा मुआब्जा वितरण भइसकेको छ । तर लालपुर्जा लिन छुटेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको स्थानीय खड्गबहादुर सिंहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

सम्बन्धित

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com