ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको युनलङ हत्याका थप २ आरोपी पक्राउ


एबीसी न्यूज
माघ ११, २०८१ शुक्रबार  १ : २८ बजे

काठमाडौं ११ माघ ।   हङकङमा बुधबार बिहान एक जनाको ज्यान लिने गरी भएको चक्कु आक्रमणका थप दुई जना पक्राउ परेका छन्। यी सहित पक्राउ पर्नेको संख्या चार पुगेको छ।

बिहीबार थाइल्यान्डमा पक्राउ परेका दुई जनालाई थाई प्रहरीले हङकङ सुपुर्दगी गरिसकेको छ। अन्य दुई जना हङकङमै पक्राउ परेका हुन्। जसमध्ये एक जनालाई उनकै फ्ल्याटमा र अर्कोलाई विमानस्थलमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

न्यु टेरिटोरिज उत्तरी क्षेत्र मुख्यालयका कार्यवाहक वरिष्ठ सुपरिटेन्डेन्ट बेसिल टाङले आक्रमणको कारण लामो समयदेखिको विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए। आक्रमणमा पर्नेहरू निर्माण मजदुर रहेको बुझिएको छ।

‘चार जनालाई हिरासतमा लिइएको छ, अन्यको खोजी कार्य जारी छ,’ टाङले भने। घटनाबारे जानकारी राख्ने जोकोहीलाई प्रहरीसँग सम्पर्क राख्न पनि उनले अनुरोध गरेका छन्।

बुधबार बिहान साढे ५ बजेतिर चारवटा गाडीमा आएका ७र८ जनाले युनलङको वाङयिप स्ट्रिट पश्चिममा रहेको हाइयिप फ्याक्ट्री नजिकै दुई जनालाई चक्कु प्रहार गरेका थिए।

यस घटनामा एक जनाको मृत्यु भएको थियो। सांघातिक आक्रमणपछि नकाबधारी समूह सोही गाडीमा बसेर भागेका थिए। ९एससीएमपी०

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com