ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गर्ने थप दुईजना भारतबाट पक्राउ


एबीसी न्यूज

काठमाडौं ११ माघ । काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो।

आक्रमणमा संलग्न समूह अजयकै योजना र निर्देशनमा परिचालित भएको खुलेको छ। उनीहरू आक्रमणपछि झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए। तर खोज्दै प्रहरी पुगेपछि उनीहरू भने त्यहाँबाट भाग्न सफल भएका थिए। दुर्गा प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरिएको जनाएको छ।

फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ।

नुवाकोटको ककनी गाउँपालिका ४ का ३३ वर्षीय अजय लामा, नुवाकोटकै बेलकोटगढी नगरपालिका १२ घर भई टोखा बस्ने ३० वर्षका मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाको आरुघाट ७ का २४ वर्षीय दीपक बरामु, गोरखाकै २८ वर्षीय निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका १३ घर भई बेलायतमा बसोबास गर्ने ५० वर्षकी लक्ष्मी राई, धादिङको ज्वालामुखी गाउँपालिका ४ का रमेश सिलवाल र गोरखा आरुघाट गाउँपालिका ८ का ३० वर्षका सिजन अधिकारी प्रतिवादी छन्।

यीमध्ये मुख्य योजनाकार भनिएका रमेश र लक्ष्मी अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

सम्बन्धित

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com