ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सहमतिमा संविधान संशोधन – सञ्चारमन्त्री गुरुङ्ग


एबीसी न्यूज

देवदह , ११ माघ । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन् । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे । देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताए । मन्त्री गुरुङ्गले शुसासन कायम नगर्दा सम्म देशको विकास हुन नसक्ने हुदा कानुनी शासन कायम नहुदा समस्या बढेको बताए । उनले मुलुक र नागरिकको लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको समेत बताए । मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए।

उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको दावी गरे । सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताए।

उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए। पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए । देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा : अन्तरिम आदेशको माग

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

सम्बन्धित

‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’–विष्णु रिजाल

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा : अन्तरिम आदेशको माग

जनमतलाई हराएका सांसद नै जनमतमा : सिरहा–४ मा डा. वीरेन्द्र प्रसाद महतोको ‘घुम्ती यात्रा’

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com