काठमाडौं १० माघ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से ११।१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।
८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०।८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।
बैंकिङ ०।६१, फाइनान्स २।४३, होटल तथा पर्यटन ०।७८, हाइड्रोपावर ०।५५, जीवन बीमा ०।०१, लगानी ०।७९, माइक्रोफाइनान्स ०।०१, निर्जीवन बीमा ०।७३, अन्य ०।३५ र व्यापार समूह ०।२३ प्रतिशत घटे ।
३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९।८९, धौलागिरि लघुवित्तको ९।८४, नारायणी डेभलपमेन्टको ८।४६, दोल्ती पावरको ८।१०, युनाइटेड इदी मर्दीको ७।४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६।९३ प्रतिशत मूल्य बढ्यो ।
सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७।४७, पोखरा फाइनान्सको ५।७४ तथा नेपाल फाइनान्सको ४।७४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।








प्रतिक्रिया दिनुहोस्