ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिको र क्यानडा ट्रम्पको कोपभाजनमा पर्दा पहिलो दिन करबाट जोगियो चीन


एबीसी न्यूज
माघ ८, २०८१ मंगलबार  ७ : ०१ बजे

काठमाडौं ८ माघ । डोनाल्ड ट्रम्पले चुनावी अभियानमा चीनविरुद्ध ६० प्रतिशत कर लगाउने बताएका थिए। अमेरिकामा फेन्टानिल नामक लागुऔषध आउनबाट नरोकेकोमा चीनलाई थप १० प्रतिशत कर लगाउने उनको भनाइ थियो।

तर, ह्वाइट हाउसमा बिताएको पहिलो दिन अनेकौँ घोषणा गरे पनि ट्रम्पले चीनविरुद्ध कर लगाउने घोषणा भने गरेनन्। यसले बेइजिङसँगको तनाव व्यवस्थापनमा केही समय दिएको विश्लेषण गरिएको छ।

राष्ट्रपति कार्यालयमा ट्रम्प सोमबार चिनियाँ सामानमा कर लगाउने विषयमा बोल्नबाट बचे।

‘सी चिनफिङसँग भेटघाट र फोन संवाद हुनेछ,’ ट्रम्पले भने।

उनले आफूलाई चीनले निम्ता पठाएको पनि बताए। तर, भ्रमण गर्ने योजना बनाएका छन् कि छैनन् भन्ने खुलाएनन्।

टिकटकमाथिको प्रतिबन्ध लगाउन पनि उनले ७५ दिनको अवधि थप गरे।

चीनप्रति यसरी प्रस्तुत भएका ट्रम्प क्यानडा र मेक्सिकोविरुद्ध भने आक्रामक रुपमा पेस भए। शपथ लिएको केही घण्टाभित्रै उनले फेब्रुअरी १ बाट यी दुई मुलुकमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरे।

जसका कारण मंगलबार चिनियाँ सेयर बजारमा उछाल आएको छ।

ट्रम्पले तत्काल कठोर कदम नचालेकाले तुरुन्त प्रतिवाद गर्नुपर्ने दबाबबाट सीले राहत पाएको र सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धप्रति केही आशा जगाएको विश्लेषण गरिएको छ।

तर, दुई मुलुकबीचको सम्बन्ध सुधारको संकेत भने यो नभएको विश्लेषकहरू बताउँछन्। अनपेक्षित निर्णयका कारण परिचित ट्रम्प कुनै पनि बेला चीनतिर फर्किन सक्ने उनीहरूको भनाइ छ।

‘ट्रम्प धातुको ठूलो गोला हुन्। उनी कुन दिशातिर बत्तिन्छन्, अनुमान गर्न सकिन्न,’ अस्ट्रेलियाली थिंक ट्यांक जोन कर्टिन रिसर्च सेन्टरका निर्देशक डोमिनिक मिगरको भनाइ ब्लुमबर्गले उधृत गरेको छ, ‘उनी अहिलेसम्म चीनको दिशामा बत्तिएका छैनन्। यसको अर्थ, उनलाई प्रभावित गर्ने समय चिनियाँहरूसँग अझै छ।’ एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com