ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो


एबीसी न्यूज

काठमाडौं ८ माघ । झापाको मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार ९साउन–पुस० सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । ६ महिनामा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्ष २०८०र८१ को यही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । यस्तै प्लाइउड, सिमेन्ट क्लिङ्कर र भेनियर सिटको निर्यात पनि बढेको छ । फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दा, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा भने कमी आएको छ ।

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

सम्बन्धित

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

कांग्रेस विवादमा ब्रेक : गगन-शेखरबीच सहमति पक्का

गगन-शेखर मिलेर जाने सहमति : सुनिल शर्माको दाबी, कांग्रेस एकताको नयाँ अध्याय सुरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com