ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द


एबीसी न्यूज

काठमाडौं ३ माघ । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्योल बढेको बताउनुभयो ।

उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्चलगायतका नियमित खर्च भइरहकाले आर्थिक समस्या बढ्दै गएको उहाँको भनाइ छ ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताउनुभयो । उहाँका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ ।

विं।सं। २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विं।सं। २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । अहिले उपकरणहरू पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

सम्बन्धित

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

नेपाली कम्युनिस्ट पार्टीले ४६ जिल्लामा उम्मेदवार टुंग्यायो (सूची)

समानुपातिकतर्फ ३२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक : माघ १० सम्म दाबी–विरोधको समय(सूची)

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com