ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीतलहरले सडक हिलाम्मे हुँदा दाउन्नेमा फेरि यातायात अवरुद्ध


एबीसी न्यूज

काठमाडौं २५ पुस । नवलपरासीको दाउन्नेमा पुनः सवारी साधन अवरुद्ध भएका छन्।  शीतलहरले हिलाम्मे भएको सडकमा सवारी साधनहरु फस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व ९नवलपुर०का प्रहरी नायव उपरीक्षक डीएसपी जेसी शाहले जानकारी दिए।

‘अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी शाहले नेपालखबरसँग भने, ‘साना सवारी साधन अहिले फाट्ट फुट्ट चल्न थालेका छन्।’

पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्नेमा गत बर्खामा सडक भासिएपछि यात्रुले लामो सयमदेखि सास्ती खेप्दै आएका छन्। त्यसमाथि खराब मौसमको कारण पछिल्लो समय त्यहाँ थप समस्या देखिएको प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिम प्रहरीले बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित पूर्वपश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएको जनाएको छ।

यसैबीच गएराति नारायणढबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९८२ नम्बरको ट्रक हिलोमा चिप्लिएर अनियन्त्रित हुँदा तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ।

उक्त ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।

शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको उनले बताए। शीतलहरले सडक हिलाम्मे हुँदा मंगलबार रातिदेखि दुवैतर्फ सडक अवरुद्ध भएको थियो। बुधबार बिहान ३ बजेदेखि सडकमा एकतर्फी गाडी गुड्न थालेका थिए। तर, सवारी साधन सञ्चालन गर्दा जोखिम बढेपछि बुधबार बिहान पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएको थियो।

बुधबार दिउँसोदेखि सामान्यरुपमा खुलेको सडक गएरातिदेखि पुनः बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com