ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउनुभयो । उहाँले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले आगामी दिनमा ठुला सफलताहरू प्राप्त गर्दै जानुपर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो । अब विस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरूले औधि मन पराउने र खेल्ने गर्दछन् । क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठुला ठुला सफलताहरू प्राप्त हुँदै जाउन् ।’’

प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरूको प्रशिक्षणको महत्त्व धेरै हुने बताउनुभयो । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने जानकारी दिनुभयो । आफ्ना खेलाडीहरूको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com