ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमन श्रेष्ठको बहस, कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग ?


एबीसी न्यूज

काठमाडौं २२ पुस । पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहस गर्न इजलासमा उपस्थित भएका श्रेष्ठले अभियोग पत्रको प्रक्रिया र नियतमाथि प्रश्न उठाए।

न्यायाधीश नितिज राईको इजलासमा उनले पूरक अभियोग दर्ताको प्रक्रिया नमिलेको र त्यहाँ प्रतिवादीमाथि लगाइएको कसुर पनि गलत रहेको जिकिर गरे। जिल्ला सरकारी वकिल कार्यालयलाई यो मुद्दामा पूरक अभियोग दायर गर्ने अधिकार नै नभएको श्रेष्ठको दाबी छ।

‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो। पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल कार्यालयले आदेश दिएको हुनुपर्छ। तर यहाँ आदेश दिएको पनि देखिँदैन श्रीमान। यसको प्रक्रिया नै मिलेको छैन’, श्रेष्ठले बहसका क्रममा भने।

लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको मुद्दा लगाउनै नमिल्ने उनको जिकिर छ।

‘सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन। सहकारी कसुर हुन्छ। ठगी भन्नासाथ होस् ठेगानमै भएको मान्छेलाई झुक्याइ, भ्रममा पारी सम्पत्ति लिने, खाने नियतले गरेको भन्ने हो। रवि लामिछानेले कसलाई ठग्योरु सहकारीबाट पैसा लाने जिबी हुन्’, श्रेष्ठले भने।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा रविको कुनै संलग्नता नरहेको उनको तर्फबाट बहस गरेका तीनजना नै वकिलको एकमत छ। रविले आफ्नो पदीय जिम्मेवारी अनुसार भूमिका निर्वाह गरेको उनीहरुले बताएका छन्।

सूर्यदर्शन सहकारीको ठगीमा २०८० असोज १८ गते जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनालाई प्रतिवादी बनाउँदै अभियोग दायर भएको थियो। तर ती मध्ये केहीलाई कसुर र बिगो थप गर्दै पुस ५ गते थप अभियोग दायर गरिएको थियो। तर पुस ७ गते रवि र पूर्वडीआईजी छविलाल जोशीसहित ४४ प्रतिवादी कायम गरेर पूरक अभियोग दायर गरिएको छ।

त्यसअघि वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि अभियोजन प्रक्रियामै प्रश्न उठाएका थिए। उनले इजलासमा न्यायाधीशलाई सोधे–पूरक अभियोजनका नाममा कति पटकसम्म मुद्दा दर्ता गर्न मिल्छ श्रीमान्रु कानुनले के भन्छरु कुन कानूूनको कुन दफामा टेकेर पूरक भन्दै मुद्दा ल्याइएको होरु

पहिलेको भन्दा अहिलेको मुद्दामा बिगो थपिएको विषयमा पनि थापाले इजलासमा प्रश्न गरे। यसअघि १ अर्ब ३१ करोड बिगो कायम गरिएको थियो। तर अहिले बिगो बढाएर एक अर्ब ५१ करोड बढी बनाइएको छ।

रवि र छवि सहकारीमा आवद्ध व्यक्ति नभएकाले उनीहरुलाई सहकारी ऐन नै नलाग्ने दाबी थापाले गरे। सहकारी डुबाउने ऋणीहरु भएको भन्दै उनीहरुलाई मुद्दा नचलाएको विषयमा पनि थापाले प्रश्न गरे।

प्रतिवादीहरुलाई पहिले सम्पत्ति शुद्धीकरणको कसुर नै नलाउनु र अहिले लगाउनुको कारण समेत सोधेका थिए। लामिछानेको तर्फबाट सोमबार तीन जनाले बहस गरेका छन्।

कास्की अदालतका श्रेस्तेदार राजन खनालका अनुसार पूर्वमहान्यायाधिवक्ता सुशिल पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले सोमबार बहस गरेका छन्। बाँकी वकिलले मंगलबार बहस गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

सम्बन्धित

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com