ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतले सोध्यो- उद्धव थापालाई सरकारी गाडी, तेल र चालक किन?


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ८ : ००   बजे

काठमाडौं २२ पुस । कोसी प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई दिएको गाडी तथा अन्य सुविधाको सम्बन्धमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

उच्च अदालत, विराटनगरले कांग्रेस दलको नेतालाई दिइएको गाडी तथा अन्य सुविधाको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता कर्णबहादुर राईले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी वज्राचार्यको एकल इजलासले सोमबार उक्त निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने भन्नका लागि दुवै पक्षलाई पुस २९ गते छलफलमा पनि बोलाएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गाडी, सवारी चालक र इन्धन सुविधा उपलब्ध गराउने कोसी प्रदेश सरकारको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो।

कोसी प्रदेश सरकारको २०८१ असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीसमेत थापालाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो।

थापा उक्त निर्णयबमोजिम सुविधा उपभोग गर्दै आएका छन्। रिटमा त्यो सुविधा गैरकानुनी दाबी गरिएको छ।

रिटमा थापालाई सुविधा दिने निर्णय गर्ने प्रदेश मन्त्रिपरिषद्सहित मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभाका सातैवटा समितिका सभापतिसहित १३ जनालाई विपक्षी बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group