ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद बढेपछि १ महिना थपियो पासपोर्ट छपाइको आवेदन दिने समय


एबीसी न्यूज

काठमाडौं २२ पुस । राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने अवधि १ महिना थप गरेको छ।  राहदानी विभागले आह्वान गरेको बोलपत्रमा विवाद बढेसँगै फेब्रुअरी ११ सम्म आवेदन दिन सक्ने गरी समय संशोधन भएको हो।

१२ जनवरीसम्म आवेदन दिने व्यवस्था रहेको थियो। एक हप्ता बाँकी रहँदा बोलपत्र संशोधन गरेको छ।

राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो। तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ।

१५ वर्षदेखि नेपाली पासपोर्ट छपाइमा राज गरिरहेको फ्रान्सेली कम्पनीलाई नै टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेका छन्।

 

राहसार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार मात्रै पासपोर्ट छपाईको बोलपत्रमामा गुनासो आएको भन्दै सबै पत्रको जफाव ३ दिनभित्र दिन पत्र काटेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी संबोधन गर्न पुन पत्र पठाएको छ।

इन्जिनियर सुभाष कुमार खड्काले खरिद अनुगमन कार्यालयले काटेका पत्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेका पत्र पठाएइएको उल्लेख गर्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।

खरिद अनुगमन कार्यालयले आइतबार २ वटा ठेक्का प्याकेजको ठेक्का लगाउँदा हाल छपाई गरिरहेको कम्पनीले नै पाउनेगरी टेन्डर डकुमेन्ट तयार गरेको भन्दै विभिन्न ठाउँमा उजुरी परेका छन्।

‘यस कार्यालयबाट पत्रचार गरिएको व्यहोरा एवं पत्रको व्यहोराको समेत अध्ययनगरी के कसो भएको हो तहाँ कार्यालयको प्रतिक्रियासहित सम्बन्धित काजगत ३ दिनभित्र यस कार्यालयलाई पठाइदिनु,’ खरिद अनुगमन कार्यालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ।

पासपोर्ट विभागले २ वटा प्याकेजको ठेक्का करिब १२ अर्ब लाग्ने अनुमान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

सम्बन्धित

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com