ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिसन–०८४ सफल पार्न एमालेमा ८ प्रस्ताव


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ६ : ४७   बजे

काठमाडौं २२ पुस । नेकपा एमालेले मिसन–०८४ ९आसन्न आमनिर्वाचन० सफल पार्न ८ शीर्षकमा पार्टी कार्यक्रम अगाडि सारेको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट पेश भएको राजनीतिक प्रतिवेदनअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट गरिएको संकल्पका आधारमा पार्टी कार्यक्रम प्रस्ताव गरिएको हो ।

यस्ता छन्, एमालेका भावी कार्यक्रम

क। अभियान बुझ्ने र बुझाउने

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पहिलो दायित्व पार्टीको अभियान बुझ्ने र बुझाउने हुनुपर्ने प्रस्ताव गरिएको छ । गत वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट पारित सात विषय एमालेले बुझ्नुपर्ने कामहरूमा राखिएको छ । ती सात विषय हुन्ः

 

पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन,
प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन,
कमिटीको चेन–अफ–कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्याङ्कन,
कमिटी सञ्चालन र गुटबन्दी अन्त्य,
कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण,
आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषय सम्बोधन,
र, निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारी ।
यी प्रत्येक विषयमा पार्टी पंक्तिमा गम्भीरतापूर्वक बुझ्ने र कार्यान्वयन गरिनुपर्ने प्रस्ताव अध्यक्ष ओलीले गरेका छन् ।

 

ख। वार्षिक कार्ययोजना कार्यान्वयन

पार्टी कार्यक्रमको दोस्रो प्रस्तावमा वार्षिक कार्ययोजना कार्यान्वयनलाई राखिएको छ । पार्टीले तय गरेको अवधारणाका आधारमा वार्षिक कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने प्रस्ताव एमालेले अगाडि सारेको छ ।

ग। पार्टी स्कुलिङलाई स्थायी र थप प्रभावकारी बनाउने

छिटै स्थायी संरचनासहित स्थायी स्कुल सञ्चालन गर्ने योजना ल्याइने भएको छ । प्रदेश तथा जिल्ला कमिटीले पनि पार्टी स्कुलिङको कामलाई नियमित अङ्ग बनाउनुपर्ने र स्थायी स्कुल सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

घ। सङ्गठन विभागको सुझाव कार्यान्वयन

मिसन ०८४ को लक्ष्य पुरा गर्न भर्खरै सम्पन्न संगठन विभागको राष्ट्रिय भेलाले निकालेको निष्कर्ष कार्यान्वयनमा लैजानुपर्ने प्रस्ताव छ । यो भेलामा जनतासँग प्रत्यक्ष जोडिने कमिटीका नेताहरू सामेल भएकाले निष्कर्ष पनि महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।

ङ। मिथ्या र भ्रामक प्रचारको खण्डन

नेतृत्वप्रति हुने गलत प्रचारको खण्डनलाई एमालेले महत्वपूर्ण पार्टी कामको रूपमा प्रस्ताव गरेको छ ।

‘निराधार र कपोलकल्पित आरोप लगाउने, नेताहरूको चरित्र हत्या गर्ने र जनतामा भ्रम एवं निराशा फैलाउने यो अभियान केबल केही नेताहरू विरुद्ध मात्रै लक्षित छैन’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘‘ राष्ट्रिय राजनीतिमा नेकपा ९एमाले०को जुन स्थान, हैसियत र भूमिका छ, यसलाई कमजोर पार्ने सुनियोजित उद्देश्यमा केन्द्रित छ ।’

त्यसैले सकारात्मक सूचनाको प्रवाह गर्न र गलतको खण्डमा उत्रनुपर्ने एमालेको प्रस्ताव छ । ‘विज्ञानको नियमै हो– ताजा हावाका लागि झ्याल खोलिएन भने दुर्गन्धले ठाउँ लिन्छ । सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यमहरूमा सकारात्मक विषयहरू सम्प्रेषित भएनन् भने ती ठाउँहरू मिथ्या सूचना, भ्रान्ति, नकारात्मकता र कुण्ठाले भरिन्छन्,’ एमाले प्रस्ताव छ, ‘त्यसैले सबै कमरेडहरूले राष्ट्र र समाजमा भइरहेका सकारात्मक प्रगतिहरू, नागरिकहरूले गरेका सफलताका कथाहरू र हाम्रो पार्टीले गरेका सकारात्मक कुराहरू सम्प्रेषित गरेर मिथ्या प्रचारको बाढीलाई रोक्न जरुरी छ ।’

 

च। सुशासन, विकास र उद्यमशीलतासँग जोडिने

एमालेको अर्को छ– पार्टीपंक्तिलाई सुशासनको अभियान, विकास र उद्यमशीलतासँग जोड्ने । ‘आज हामी कुनै न कुनै रूपमा सत्ताको नेतृत्व गरेर वा सत्तामा जोडिएर अगाडि बढिरहेको हुनाले पार्टीलाई निरन्तर स्वच्छ, जनमुखी र रुपान्तरणकारी बनाइराख्नु पर्नेछ’, प्रतिवेदनमा भनिएको छ ।

स्वस्छ, जनमुखी र रुपान्तरणकारी पार्टी बनाउन पेशागत र जनसंगठनहरूले आफ्नो वर्ग र समुदायको समस्या बुझ्नुपर्ने, जनप्रतिनिधिहरूले जनतासँग जोडिनुपर्ने र विधायकहरूले नीति निर्माणमा विशेष ध्यान पुर्‍याउनुपर्ने एमालेको प्रस्ताव छ ।

‘पार्टीमा, विशेष गरेर युवा पुस्तामा उद्यमशीलता, उत्पादनमा जोडिने र स्वरोजगारी, रोजगारी सिर्जना गर्ने कुरामा केन्द्रित हुनुपर्छ,’ ओलीले प्रतिवेदनमा लेखेका छन् ।

छ। वर्तमान सत्ता सहकार्यलाई सफल पार्ने

नेपाली कांग्रेस सहित ६ दलको समर्थनमा पार्टी अध्यक्ष ओलीले नेतृत्व गरिरहेको सरकार र सत्ता समीकारणलाई सफल पार्नु पनि एमालेको भावी कार्यक्रमभित्रै समावेश गरिएको छ ।

‘नेकपा ९एमाले० र नेपाली काङ्ग्रेस बीचको यो सहकार्य मुलुकको आवश्यकता हो, राजनीतिक स्थायित्वको आधार हो र संभवतः अन्तिम सकारात्मक विकल्प पनि हो’ प्रतिवेदनमा लेखिएको छ, ‘त्यसैले यसलाई सफल तुल्याउनै पर्छ । यसका लागि सरकारले आफ्नो ध्यान डेलिभरीमा दिनु पर्छ भने पार्टी पङ्क्तिले नीतिगत फिडब्याक, सकारात्मकलाई रचनात्मक सुझाव र राम्रो कामको सकारात्मक प्रचार मार्फत् स्थापित गर्नुपर्छ ।’

ज। पार्टीलाई विस्तार गर्ने

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अहिलेकै पार्टी संरचनाले मात्र नपुग्ने निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसैले पार्टीलाई अझ बिस्तार गर्ने र जनाधार बढाउन नेता–कार्यकर्ता लाग्नुपर्ने प्रस्ताव गरिएको छ ।

विशेषगरी युवा पंक्तिलाई पार्टीसँग जोड्नुपर्ने विकल्प अगाडि बढाइएको छ । ‘‘ जनाधार भएका, भविष्य भएका, संभावनायुक्त नेता, कार्यकर्ता र युवा पङ्क्तिलाई पार्टीमा आबद्ध गर्ने कुरामा जोड दिँदै पार्टीको जनाधार फराकिलो बनाउनु पर्छ’, राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group