ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रम चिर्न सहकारीहरूले आफू ठिक रहेको सन्देश दिनुपर्छ- मन्त्री अधिकारी


एबीसी न्यूज

काठमाडौं २२ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको तर्क गरे ।

‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन,’ उनले भने ।

सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्नेगरी काम गरे सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सकिने उनले बताए ।

 

मन्त्री अधिकारीले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए । ‘हाम्रो भूगोल, माटो र चेतना अनुसारका योजनाहरू ल्याउनुपर्छ र छिमेकी मुलुकहरूले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरूलाई अनुशरण गर्दै योजना बनाएर अगाडि बढियो भनेमात्रै सफल हुनसक्छौं,’ उनले भने ।

सहकारी ठिक छैनन् भन्ने एउटा तप्कालाई सहकारीहरूले व्यवहारबाटै जवाफ दिनुपर्ने मन्त्री अधिकारीले बताए ।

‘हामीले सहकारीमा गरेको बचत नै परिचालन गरेका हुन्छौं, त्यसले बचतकर्ताको आर्थिक स्थिति उकास्न मद्दत गर्छ’ उनले भने, ‘त्यसैले सहकारी चाहिन्छ । सहकारीमा फिंजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com