ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङबाट चार बालबालिकाको उद्धार गरेर इटहरी लगियो


एबीसी न्यूज

काठमाडौं २२ पुस । माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य यहाँका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ।

छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको एँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले आज उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए।

‘उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ’, उनले भने, ‘जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेका छौँ।’

बुबाआमाले घरको कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका बालक अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ। बुबाआमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी कोठामा थुनेर राख्ने गरिएको उद्धारमा सहभागीले बताएका छन्।

उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले अर्कै विवाह गरेको पाइएको छ। सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि व्यवस्था गर्न नसकेपछि माया घर नेपाललाई जिम्मा दिइएको सो वडाका वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिए।

त्यसैगरी उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको छ । बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थाबाट उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए।

बुइपाकै रुविनको बुबा अपाङ्ग र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ।

उद्धार गरिएका चारैजना बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको हो।

जिल्लाबाट यसअघि मात्र चारजना सडक आश्रित मानव तथा दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरिएको थियो। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पठाइएको थियो। रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com