ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसहितको सहकारी मुद्दामा बहस गर्न नायब महान्यायाधिवक्तासहितको टोली पोखरामा


एबीसी न्यूज

काठमाडौं १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा बहस गर्न महान्यायाधिवक्ता कार्यालयबाट समेत टोली पोखरा पुगेको छ।

यस मुद्दामा जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबार दिउँसो थुनछेक बहस सुरु भएको छ। सरकारको तर्फबाट बहसका लागि महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम पोखरा पुगेका हुन्।

रेग्मी र गौतमले बुधबार थुनछेक बहस गर्नेछन्।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीकै अधिकारीहरूले बहस गर्दै छन्। जिल्लाका सरकारी वकिलहरू सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी छ। सरकारको तर्फबाट बुधबार पनि बहस जारी रहनेछ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्ने तयारी गरेका छन्।

दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ।

पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

सहकारी ठगीका अलावा रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टो करेन्सी कारोबारको कसुरमा समेत मुद्दा दायर गरिएको छ।

सम्पत्ति जफतका लागि रविपत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com