ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारी ठगी प्रकरण, हिरासतमा रहेकाको बयान सकियो, थुनछेक बहस सुरु हुँदै


एबीसी न्यूज

काठमाडौं १६ पुस । सूर्यदर्शन ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान मंगलबार सकिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको छ । तीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार सकिएको हो ।

यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । मंगलबार नै सातजनाको हकमा थुनछेक बहस सुरु हुँदै छ ।

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले ७ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेको छ । पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने पक्षमा बहस गर्ने बताए । प्रतिवादीतर्फका वकिलले साधारण तारेखमा छाड्नुपर्ने पक्षमा बहस गर्ने छन् ।

यसअघि २०८० असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हाल ६ जना पुर्पक्षमा कास्की कारागारमा थुनामा छन् । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष एवं गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, पूर्व सचिव अनुज नकर्मी, पूर्व सदस्य शिवबहादुर गुरुङ ९महेन्द्र भोटे० र सदस्यहरु भविश्वर अर्याल र प्रमोद भट्टराई पुर्पक्षका लागि कारागारमा छन् । उनीहरुसहित १९ जनाविरुद्ध सुरुमा सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा पुस ५ मा थप अभियोग लैजाने क्रममा संगठित अपराधमा समेत मुद्दा चलेको छ ।

पुस ७ मा पूरक अभियोग लगिएका ४४ मध्ये हाल ७ जना कास्की हिरासतमा छन् भने अन्य सहकारी ठगीसँग जोडिएका ३ जना कास्की बाहिरका कारागारमा पुर्पक्षमा थुनामा छन् । पूरक अभियोग लगिएका ४४ मध्ये ८ कानुनी व्यक्ति कम्पनी० हुन् भने ५ जनालाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । ती मध्ये बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पूर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । सूर्यदर्शनको पूर्वउपाध्यक्षसमेत रहेका उनीविरुद्ध कास्की अदालतमा पनि सहकारी ठगी कसूरमा मुद्दा चलेको छ ।

जम्मा ६३ प्रतिवादीमध्ये जीबी राई, छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलेको छ । थुनछेक बहसपछि न्यायाधीश राईको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com