ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन बोर्डलाई निर्देशन


एबीसी न्यूज

काठमाडौं १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजरी गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए ।

अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी पीपीपी अवधारणा आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यही विविधताबीच एकता, सहिष्णुता र सद्भाव संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो,’ मन्त्री भण्डारीले भने, ‘नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।’

 

पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए । यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन बोर्ड अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेले पूर्वाधार विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा बोर्डले जोड दिनुपर्ने बताए ।

बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले यसका लागि पर्यटन प्रर्वद्धन मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे ।

कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ को ११ महिनामा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोर्ड कर्मचारी संगठन अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गरिदिन आग्रह गरे ।

कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’ विमोचन गर्नुका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com