ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान


एबीसी न्यूज

काठमाडौं १६ पुस । रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् ।

रुसमा बन्दी बनाइएका एक सय ५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले एक सय ८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरूलाई दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह शहर मारियोपालमा चलेको युद्धको क्रममा रुसले बन्दी बनाएको थियो । सन् २०२२ को ‘मे’ महिनामा रूसले मारिपोललाई जित्नको लागि एक महिना लामो लडाइ लडेको थियो ।

रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।

रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दी रिहाइ हुदाँ उनीहरुले आफ्नो जन्मभूमिमा खुशीयाली साट्ने अवसर पाएका बताउनुभएको छ ।

युक्रेनले द्वन्द्व शुरू भएदेखि राजधानी किएभसँगको सम्झौतामा रुसले सैनिक र सर्वसाधारणसहित तीन हजार नौ सय ५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै आठ हजार युद्धबन्दी रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com